धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

रिकोभरको धनगढी स्तरिय सल्लाहकार समिति बैठक सम्पन्न

रिकोभरको धनगढी स्तरिय सल्लाहकार समिति बैठक सम्पन्न

धनगढी । कोभिड–१९ बाट प्रभावित समुदायका लागि पुनोरुत्थान परियोजना (रिकोभर) अन्तरगत धनगढी उप महानगरपालिका स्तरिय परियोजना सल्लाहकार समितिको समिक्षा, बैठक तथा अनुगमन कार्यक्रम सोमबार सम्पन्न भएको छ । लुथरन वरल्ड रिलिफको सहयोग तथा ब्याकवार्ड सोसाईटी (वेस)को सहकार्य र धनगढी उप महानगरपालिकाको समन्वयमामा सञ्चालित परियोजनाले स्वास्थ्य तर्फ धनगढीका शहरी स्वास्थ्य केन्द्र, गौरिफण्टा नाका तथा जीविको पार्जन तर्फ धनगढीका ४ वडामा सञ्चालन गरिएको थियो । 
परियोजनाले स्वास्थ्य सवलिकरण कार्यक्रम अन्तरगत धनगढी संगै जोडिएको गौरिफण्टा नाकामा प्रिफ्याक भवन, फर्निचर सामाग्री तथा आवश्यकता अनुसार स्वास्थ्य सामाग्री वितरण गरेको छ । यसैगरी धनगढी स्थित वर्थिङ सेवा सञ्चालन भएका शहरी स्वास्थ्य केन्द्रलाई त्यहाँको आवश्यकता अनुसार मेसिनरी सामाग्री तथा अन्य स्वास्थ्य सामाग्री वितरण गरिएको परियोजना संयोजक लक्ष्मण चौधरीले बताए ।
उनका अनुसार धनगढी–७, १८, १९ र वडा नम्बर–१६ मा रहेका शहरी स्वास्थ्य केन्द्रमा त्यहाँको आवश्यकता अनुसार परियोजनाले मेसिनरी सामाग्री संगै अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ, भने धनगढी–७ मा रहेको वेली शहरी स्वास्थ्यकेन्द्रलाई आइ.एल.आर रेफ्रिजेरेटर प्रदान गरिएको छ । खोप चिस्यानका लागि प्रयोग हुने उक्त रेफ्रि जेरेटरले धनगढी–१४, १५, १६, १८ र १९ नम्बर वडालाई पनि खोप राख्न पायक पर्ने धनगढी उप महानगरपालिकाका स्वास्थ्य इन्चार्ज डाक्टर कृष्ण बोहरा बताउँछन् ।
‘सो क्षेत्रमा आइ.एल.आर रेफ्रि जेरेटर नहुदा खोप चिस्यानका लागि सवै वडाबाट धनगढीमै आउनुपर्ने बाध्यता रहेको थियो,’ बोहराले भने, ‘तर अव फूलबारी र बेडहाबाबा क्षेत्रबाट खोप चिस्याउन धनगढी आउनुपर्ने बाध्यता हटेको छ, वेली स्वास्थ्य केन्द्रमा खोप चिस्यान गरेर आवश्यकता अनुसार वडामा लैजान सकिने छ ।’
परियोजनाले धनगढी–१, १२, १६ र १८ नम्बर वटामा जीविको वार्जन कार्यक्रम सञ्चालन गरी कोभिड–१९ बाट प्रभावित समुदायलाई रोजगारीमा जोडिन समेत सहयोग गरेको छ । 
परियोजना बारे जानकारी दिंदै संयोजक लक्ष्मण चौधरीले स्वास्थ्य सवलिकरण र कोरोनाबाट प्रभावित समुदायका लागि जीविकोपार्ज कार्यक्रम सञ्चालन गर्ने परियोजनाको उद्देश्य रहेको बताए । स्वास्थ्य संस्था सवलिकरण कार्यक्रम अन्तरगत त्रिनगर हेल्थ डेस्कमा प्रिफ्याक भवन सहित आवश्यक उपकरण प्रदान गरिएको उनले बताए । 
यसैगरी बर्थिङ सेन्टर तथा स्थास्थ्य चौकीहरुमा कार्डिक मोनिटर, प्रिलाईट, बेवी वईटिङ मेसिन, टु–इन वन वइटिङ स्केल, डिजिटल थर्मामिटर, डेलिभरी सेट, इलेक्ट्रिक जग, फुट स्टेप, ड्रम लार्ज, डेलिभरी सेट, हिटर, आइएलआर रेफ्रि जेरेटर प्रदान गरिएको परियोजना इन्चार्ज चौधरीले बताए । १० महिना (अक्टोबर २०२१ देखि जुन २०२२ ) सम्म सञ्चालन भएको परियोजनाको उद्देश्य कोभिड १९ जस्ता महमारी तथा भविष्यमा आउन सक्ने महामारीबाट बच्न स्वास्थ्य संस्थालाई मजबुत बनाउने र  प्रभावित समुदायको जीविकोपार्जनमा सहयोग पु¥याउनु रहेको उनले बताए ।
परियोजना अन्तरगत धनगढीका ४ वटाबाट २ सय ७४ जना कृषकहरुलाई सात प्रकारको कृषि वीउ विजन, भिटामिन, किटनाशक औषधि तथा फुल लगाउने औषधी हजारी र स्प्रे टयांकी वितरण गरिएको उनले बताए । 
संयोजक चौधरीका अनुसार धनगढीका  २ सय जना अति विपन्न परिवारको स्वास्थ्य बीमा गरिएको, ३६ जना सुनौलो हजार दिनका आमाहरुलाई पोषण वितरण गरिएको छ ।  संयोजक चौधरीका अनुसार रिकोभर परियोजना सञ्चालन पछि ५० जना आप्रवासीहरुलाई ९ सय ३० वटा बाख्रा, ८ वटा बंगुर १ जनालाई प्लम्बर तालिम, ३ जनालाई इलेक्ट्रिक मोटर, ३४ लिटर डिजेल सहयोग, किराना पशल सञ्चालन, ४ जनालाई फाष्टफुड व्यवसाय सञ्चालन गर्न सहयोग तथा १ जनालाई  चल्ला सहयोग गरिएको जनाइएको छ । सहयोग पाएका मध्य उत्कृष्ट काम गर्ने १५ जनालाई रिकोभरले थप सहयोग समेत गरेको छ ।
संयोजक चौधरीका अनुसार परियोजनाले धनगढीका जम्मा ३ सय घरधुरीलाई पुनरोउत्थान कार्यक्रम मार्फत सहयोग गरेको थियो । 
बैठकमा सुझाव दिंदै धनगढी–१२ का वडा अध्यक्ष शेरबहादुर महराले परियोजनाको जीविको पार्जन कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । उनले परियोजनाले प्रस्तुती गरे ।
धनगढी–उप महानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले रिकोभरले धनगढीमा थप काम गर्न चाहेमा आफुहरु सहजिकरण गर्न तयार रहेको बताइन् । 


धनगढीका नगर प्रमुख गोपाल हमालले परियोजना राम्रो भएपनि छाटो समयका लागि मात्रै भएको भन्दै थप कार्यक्रम ल्याउन आग्रह गरे । ‘अहिले कोभिडको जोखिम कम भएको छ,’ मेयर हमालले भने, ‘रिकोभरले काभिडका कार्यक्रम हडाएर जीविको पार्जन सम्बन्धी कार्यक्रम थप गरे नागरिकलाई सहज हुने देखिन्छ, त्यसका लागि उप महानगरपालिका सहजिकरण गर्न तयार छ ।’ बेसले धनगढीमा विगत देखिनै राम्रो काम गर्दै आएको स्मरण गर्दै उनले आगामी दिनमा पनि उप महानगरपालिका संग साझेदारी गरेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । 
बैठक पछि धनगढीकी उप प्रमुख कन्दकला राना, वडा अध्यक्ष, स्वास्थ्यकर्मी सहितेको टोलीले परियोजनाले सहयोग गरेका स्वास्थ्य संस्था तथा जीविको पार्जन अन्तरगत तरकारी खेति र व्यवसयको अनुगमन गरेका थिए । 


कार्यक्रम सञ्चालन धनगढी उप महा नगरपालिकाका  सामाजिक विकास अधिकृत टंक विष्टले गरेका थिए भने धनगढी उप महानगरपालिकाका स्वास्थ्य इन्चार्ज डाक्टर कृष्ण बोहराले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।