धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

एसओएस बालग्रामको स्थापना दिवस सम्पन्न

एसओएस बालग्रामको स्थापना दिवस सम्पन्न

धनगढी एसओएस बालग्राम धनगढीले एसओएस बालग्राम नेपालको ५० औं स्थापना दिवस तथा ३६ औं अन्तरराष्ट्रिय एसओएस दिवस मनाएको

सो अवसरमा धनगढी उपमहानगरपालिकाका मेयर गेपाल हमालले एसओएस बालग्राम  धनगढीको शान भएको बताए मेयर हमालले   एसओएसलाई सुदुरपश्चिमका सबै पालिकाबाट सहयोग जुटाउन पहल गर्ने बताए

व्यवसायी ओम प्रकाश अग्रवालले बालबालिकाहरु शिक्षाबाट बन्चित हुन नहुने भन्दै आफ्ना दुई फर्मबाट एक लाख हजार सहयोग गर्ने बताए राजश्री एग्रो इण्डष्ट्रिजबाट ५१ हजार गोदावरी फलोर मिलबाट ५१ हजार  सहयोग गर्ने अग्रवालले घोषणा गरे

धनगढी उपमहमनगरपालिका वडा नम्बर १३ का अध्यक्ष बिजय जोशीले  एसओएसले पारिवापरक वातावरणमा बालबालिकाको हेरचाह गरिरहेकोले यसको बिकास आवश्यक रहेको बताए

गुरुकुल एकेडेमीकी प्रिन्सिपल सुनिता स्वार सुरीले एसओएसले बालबालिकाको हेरचाह शिक्षामा स्वागतयोग्य काम गरेको बताइन्

एसओएस बालग्राम धनगढीका योजना निर्देशक पदम हमालले  पारिवारिक हेरचाहबाट बन्चित रहेका बालबालिकाहरुलाई माया, सम्मान सुरक्षामा ख्याल गर्ने गरेको बताए   

कोभिडका कारण अन्तरराष्ट्रिय रुपमा आर्थिक सहयोग आउने क्रम  कम भएकोले स्थानीय स्तरमा सहयोग बढाउने जिम्मेवारी आएको हमालले बताए

एसओएसमा रहेका बालबालिकाहरुलाई सीप, शिक्षा   संस्कारमा जोड दिने गरिएको बताउँदै हमालले कोभिडद्धपछि मनोपरामर्शको व्यवस्था गरिएको बताए

एसओएस बालग्रम धनगढीका सहायक निर्देशक रमेश चन्द्र भण्डारीले सँचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य आमा प्रतिनिधि कल्पना कोइरालाले व्यक्त गरेकी थिइन्

सो अवसरमा बालग्रामका  बालबालिकाहरुले गीत नृत्य प्रस्तुत गरेका थिए

एससओएस नेपालले  आमा बुवाको न्यानो काख गुमाएका कमजोर आर्थिक अवस्थाका कारण पारिवारिक बिखण्डनको अवस्थामा रहेका तथा जीवनका आधारभुत आवश्यकताबाट पनि बन्चित हुन पुगेका बालबालिकाहरुको संरक्षण संवद्र्धनको कार्य गर्दै आइरहेको  

सन् १९४९ मा अष्ट्रियामा स्थापना भएको एसआएस बालग्रम नेपालमा सन् १९७२ मा स्थापना भएको हो

शय ६२ बालबालिका लाभान्वित

एसओएस बालग्रम धनगढीले शय ६२ जना बालबालिकाहरुलाई पोषण, शिक्षा स्वास्थ्य सहयोग गरिरहेको  सन् २०१५ मा सँचालन भएको एसओएस धनगढीले परिवारमा आधारित हेरचाह अन्तर्गत शय जना, पविार सबलीकरण कार्यक्रम मार्फत शय १५ जना बालबालिका युवाग्राम अन्तर्गत ३८ जना युवाहरुलाई सेवा प्रदान गरिरहेको

एसओएस बालग्राम नेपालद्धारा सँचालित दशौं बालग्रमको रुपमा सन् २०१५ मा धनगढीमा एसओएस बालग्रामको स्थापना भएको थियो