धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

हयाबिटेटद्धारा भुमिहीन सुकम्बासी २५ परिवारलाई  खाद्यान्न  र हाइजिनिक कीट सहयोग

हयाबिटेटद्धारा भुमिहीन सुकम्बासी २५ परिवारलाई  खाद्यान्न  र हाइजिनिक कीट सहयोग
सहयोग बितरण गर्दै भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भुमि व्यवस्था महाशाखाका प्रमुख धर्मराज ओझा,

धनगढी ।  कन्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर धरमपुरमा भुमिहीन सुकम्बासी परिवारका लागि सुदुरपश्चिम प्रदेश सरकारसँगको सहकार्यमा भैरहेको घर निर्माणमा श्रम सहयोग गर्ने २५ परिवारलाई हयाबिटेट नेपालले खाद्यान्न हाइजिनिक कीट बितरण गरेको

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भुमि व्यवस्था महाशाखाका प्रमुख धर्मराज ओझा, मेटलाइफ  इन्स्योरेन्सका अनिल भट्टले बिहीवार घर निर्माणमा श्रम सहयो गर्ने परिवारहलाई  खाद्यान्न र हाइजिनिक कीट प्रदान गरेका हुन् ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको  एकीकृत  मुख्यमन्त्री बस्ती बिकास कार्यक्रम हयाबिटेटको सहकार्यमा बेदकोट नगरपालिका वडा नम्बर धरमपुमा भुमिहीन सुकम्बासी परिवारका लागि २५ घर निर्माण भैरहेका छन्   घर निर्माणका क्रममा लाभान्वित समुदायले २० प्रतिशत  श्रम योगदान गर्नुपर्ने व्यवस्था

घर निर्माणबाट लाभान्वित समुदायको जीवन सहजताका लागि घर निर्माणका गरेको योगदान स्वरुप खाद्यान्न र हाइजिनिक कीट प्रदान गरिएको ह्याबिटेट नेपाल पश्चिम फील्ड कार्यालय धनगढीका कार्यक्रम व्यवस्थापक पुनिता चौधरीले बताइन् । ह्याबिटेटले मेटलाइफ फाउण्डेशनको सहयोगमा खाद्यान्न बितरण गरेको हो ।

सबै परिवार दैनिक ज्यालादारीमा काम गरेर गुजारा गर्छन् । भवन निर्माणमा श्रम सहयोग गर्दा बाहिर काम गर्न पाएनन् । कार्यक्रम व्यवस्थापक  चौधरीले भनिन– ‘त्यसैले घर निर्माणमा गरेको श्रम सहयोग बापत खाद्यान्न सहयोग गरिएको हो ।

 

सो अवसरमा  भुमि व्यवस्था महाशाखाका प्रमुख धर्मराज ओझाले हाल घर निर्माण भैरहेको जग्गाको लालपुर्जा नरहेकोले लालपुर्जा उपलव्ध गराउन आफुले पहल गर्ने बताए ।

धरमपुरमा रहेका भुमिहीन सुकुम्बासी ८४ परिवार मध्य १८ घर यसअघि निर्माण भैसकेका छन् भने २५ घरको निर्माण कार्य सकिने अवस्थामा  छ ।