धनगढी पोष्ट
मङ्गलबार, २८ असार २०७९ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको अहिले बसेको बैठक पनि स्थगित गरिएको छ । सभामा गणपुरक संख्या नपुगेको भन्दै सभामुख अर्जुन बहादुर थापाले सभा स्थगित भएको घोषणा गरेका हुन् । प्रदेशसभा बैठक बस्न संसदको एक तिहाई १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि सो संख्या नपुगेकाले बैठक स्थगित गरिएको सभामुख थपाले जानकारी गराएका हुन् ।
निर्धारित समय भन्दा १ घण्टा ढिलो सुरू भएको बैठकलाई प्रतिपक्ष दल एमाले, जसपा र लोसपाले बहिस्कार गरे भने सत्तारूढ दलका प्रदेशसभा सदस्य पनि अनुपस्थित रहेका थिए ।
प्रमुद प्रतिपक्ष दल नेकपा एमालेका संसदिल दलका उप नेता पठाननसिंह बोहराका अनुसार सरकारका अर्थमन्त्री प्रकाश रावलले प्रतिपक्षदलसंग छलफल गर्ने भने पनि बोलाएनन् । जसका कारण आफुहरूले प्रदेशसभा बैठक बहिस्कार गरेको बाहराले बताए ।
नेपाली कांग्रेसले भने सदनमा बजेट कार्यक्रम सच्याउने भन्ने प्रतिबद्धता आएमा बजेटमा समर्थन गर्ने निर्णय गरेको छ । कांग्रेस संसदिय दलका प्रबक्ता डिल्लीराज पन्तले सदनमा बजेट सच्याउने प्रतिबद्धता आए समर्थन गरेर जाने निर्णय भएको बताए । कांग्रेस संसदीय दलको बैठक आज बिहान बसेको थियो ।