धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलालीको भजनीका राजी समुदायलाई सुरक्षित आवास हस्तान्तरण

कैलालीको भजनीका राजी समुदायलाई सुरक्षित आवास हस्तान्तरण

धनगढी सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कैलालीको भजनी नगरपालिका भुरुवास्थित राजी बस्तीमा निर्माण गरेका सुरक्षित आवास हस्तान्तरण गरेको

मन्त्रालयले ह्याविट्याक फर ह्युम्यानिटी नेपालको प्राविधिक तथा सामाजिक सहयोगमा मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत निर्माण भएका २५ वटा घर हस्तान्तरण गरेको हो आइतबार एक कार्यक्रमकाबीच भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले निर्माण भएका आवास लाभान्वित परिवारलाई हस्तान्तरण गरिन्

कार्यक्रममा बोल्दै मन्त्री चौधरीले राजी बस्तीका पनि विपन्न परिवारलाई मुख्य प्राथमिकतामा राखेर घर निर्माण गरिएको बताइन् उनले छुटेका बाँकी परिवारलाई पनि विस्तारै सम्बोधन गरिने बताइन् प्रदेश सरकार राजी बस्तीलाई नमुना बस्ती बनाउने लक्ष्यसहित अघि बढेको उनले जानकारीसमेत दिइन् राजी बस्तीलाई कम्तीमा एक नमुना बस्ती बनाउने लक्ष्यसहित सुरुवातमा सुरक्षित आवास निर्माण गरेका छौं, उनले भनिन्, ‘यहाँ क्रमशः शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको पनि राम्रो बन्दोबस्त गरिनेछ

यसका लागि प्रदेश सरकारले दिर्घकालिन लक्ष्य लिएको मन्त्री चौधरीले भूमिहीनसमेत रहेका राजी समुदायलाई जग्गाको लालपुर्जा दिनुका साथै आयआर्जनमुलक कार्यक्रम पनि ल्याइने जानकारी दिइन्

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले राजी समुदायलाई जग्गा उपलब्ध गराउनका लागि नापीको काम पनि लगत्तै सुरु गरिने बताए उनले अहिले घरबासका लागि एक कट्टा जमिनको पुर्जा दिइने जानकारी दिए जग्गा प्राप्तिका लागि आफूले उपभोग गरिरहेको जमिन पहिचान गरेर दिन राजी समुदायलाई अनुरोधसमेत गरे

कार्यक्रममा ह्याविट्याक फर ह्युम्यानिटी नेपालका बरिष्ट कार्यक्रम सञ्चालन व्यववस्थापक रामप्रकाश सिंह दनुवारले सुरक्षित घर पाइसकेपछि अब त्यसको संरक्षण गर्नुपर्ने बताए राजी परिवारले अझै पनि परनिर्भर नभई स्वयम आत्मनिर्भर हुन प्राप्त घरको संरक्षण गर्नुपर्ने उनले बताए राजी समुदायमा बनेका घरहरु भूकम्प प्रतिरोधी बनेको उनले बताए

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव मदनसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा आरडीएन नेपालका कार्यबाहक अध्यक्ष मोहन वड, भजन नगरपालिकाका निर्बमान कार्यपालिका सदस्य भुन्टे राजी, वडा नम्बर का वडा सदस्य भीमबहादुर राजी, स्थानीय सुनिता राजीलगायतले धारणा राखेका थिए

बस्नका लागि सुरक्षित घर पाएपछि २५ राजी परिवार लाभान्वित भएका छन् उनीहरुले अब आगामी दिनमा खरले बनेको झुपडीमा असुरक्षित भएर बस्न नपर्ने भन्दै खुशी व्यक्त गरेका छन् राजी बस्तीमा एक करोड १६ हजार रुपैयाँको लागतमा शौचालयसहित दुई कोठे पक्की भवन बनाइएको

सुदूरपश्चिम प्रदेश सरकारले राजी बस्तीमा सरक्षित आवास निर्माणका लागि आर्थिक वर्ष २०७७÷७८ मा बजेट निनियोजन गरेको थियो कोरोना महामारीलगायतका कारण बस्ती निर्माणमा भने केही समय ढिलाई भएको थियो