धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

ग्लोबलका ग्राहकलाई माया मेट्रोले १५ प्रतिशत छुट दिने

ग्लोबलका ग्राहकलाई माया मेट्रोले १५ प्रतिशत छुट दिने

धनगढी ग्लोबल आइएमई बैंक लिमिटेड धनगढी स्थित माया मेट्रो अस्पताल प्रा.लि.बीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई उपचार छुट प्रदान गर्ने सम्झौता भएको सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाला ग्राहक तथा कर्मचारीले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशत सम्म छुट सुविधा पाउने छन्

माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बैंकको परिचय खुल्ने कागजात वा परिचय पत्र पत्रपेश गर्नु पर्ने आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातसंग यस्ता सम्झौताहरु गर्दै आएको ती सम्झौता समय सापेक्षता अनुरुप ग्राहकहरुलाई लावान्भित हुने खालका हुन्छन्

मुलुकका  ७७ वटै जिल्लामा सय ८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले सय ६५ एटीएम, सय ७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी सय ८१ भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको