धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

कैलाली–५बाट चुनाब लड्ने लक्ष्मण थारुको घोषणा

कैलाली–५बाट चुनाब लड्ने लक्ष्मण थारुको घोषणा

धनगढी । थारुहट÷थारुवानको पहिचालका लागि संघर्ष गर्दै आएका नेता लक्ष्मण थारुले कैलाली क्षेत्र नम्बर५ बाट चुनाव लड्ने घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी धनगढी कमिटिले बिहीबार धनगढीमा आयोजना गरेको पार्टी प्रवेस कार्यक्रम तथा प्रशिक्षण कार्यक्रमका अवसरमा थारुले कैलाली५ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

थारु नागरिकको पहिचान र टिकापुर घटनाका अभियुक्त रेशम चौधरीको रिहाइका लागि आफुले कैलाली५बाट चुनाव लड्ने र सहजै जीत हुने बताए । आफ्नो उम्मेदवारी नौलो नभई स्वभाविक भएको उनको भनाई छ । उनि नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लड्ने छन् । राज्यको सम्पति दोहन गरेर ठुला दलका नेता पैशा र शक्तिको आडमा चुनाव लड्न सक्छन्, ‘उनले भने, ‘तर मतदाता अव पैसामा विक्ने वाला छैनन्, यहाँका मतदाताको पहिलो रोजाई ढकिया हो ।

कैलाली, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही देखि झापा सम्म एक चरणमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो प्रचार सम्पन्न गरेको बताउँदै उनले भने, ‘यस विचमा कैलालीका गाउँ, टोलमा हामी गएका छौं, कैलालीमा सवैले नागरिक उन्मुक्ति पार्टी पहिलो विकप्ल हो भन्ने बुझि सकेको देखियो, यसले पनि हाम्रो जीत सुनिश्चित छ ।

कार्यक्रममा बोल्दै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष सञ्चिता श्रेष्ठ चौधरीले नागरिक उन्मुक्ति पार्टी थारुको मात्र नभई पहिचानको खोजि गर्ने सवै नागरिकको पार्टी भएको बताइन् । ठुला दलले हतियार उठाएर हजारौं मान्छे मारेर राज्य चलाएको भन्दै उनले आफ्नो पहिचानको खोजि गर्न शान्तिपुर्ण आन्दोलन गरेका रेशम चौधरीलाई अपराधी बनाएर जेल हालेको आरोप लगाइन् ।

१७ हजार मान्छे मारेको माओबादी, ७ सालमा बन्दुक उठाएको नेपाली कांग्रेस र झापा आन्दोलनका नाममा मान्छेको घाँटी रेट्ने एमालेले ती घटनालाई राजनीतिक हो भन्दै दशको नेतृत्व गरिरहेका छन्, अध्यक्ष चौधरीले भनिन्, ‘तर आफ्नो पहिचान खोज्न शान्तिपुर्ण आन्दोलन गर्न थालेका थारुका छोरालाई जेल कोचिएको छ, यसको जवाफ जनताले आगामी संघ र प्रदेशसभाको चुनावबाट दिने छन् । सरकारसंग न्याय मागदा नपाएको भन्दै उनले अव जनताले न्याए दिने बताइन् ।

नागरिक उन्मुक्ति पार्टीका प्रबक्ता दामोदर पण्डितले तराईका धर्तिपुत्र भनेर चिनिने थारुको पहिचानका लागि नागरिक उनमुक्ति पार्टी दर्ता भएको बताए । उनले राज्यले अपराध मानेको टिकापुर आन्दालेनलाई आगामी निर्वाचनपछि राजनीतिक आन्दोलन बनाउने सुनौलो अवसर भएको बताए । अधिकारका लागि आन्दोलन गर्दा नष्लिए राजनीति गर्ने ठुला पार्टीका नेताले थारुका छोरालाई अपराधि बनाएर जेलमा थुनाका छन्, उनले भने, ‘यो वीशुद्ध राजनीतिक घटना हो, जनताले यही चुनावबाट टिकापुर घटना राजनीतिक घटना हो भन्ने शिद्ध गरेर देखाउने छन् ।

टिकापुर घटनाको अध्यक्ष गरेको लाल आयोगको प्रतिवेदनले त्यहाँ कसरी घटना घट्यो दोषि कोहो भन्ने स्पष्ट उल्लेख गरेको भएपनि सरकारले उक्त प्रतिवेदन लुकाएको उनले बताए । प्रतिवेदनमा थारुहरु निदोषछन् भन्ने उल्लेख छ, उनले भने, ‘त्यसैले सरकारले सो प्रतिवेदन लुकाएको छ, अव हामी चुनाव जितेर सो प्रतिवेदन सार्वजनिक गर्न दवाद दिने छौं । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर नागरिक उन्मुक्ति पार्टी रोजका नेता तथा कार्यकर्तालाई स्वागत गरिएको थियो ।