धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

बझाङ पहिरो अपडेट : ६ जनाको शव भेटियो

बझाङ पहिरो अपडेट : ६ जनाको शव भेटियो

धनगढी, 
   बझाङको केदार स्यू गाउँपालिका–८ मलेसमा गएको पहिरामा पुरिएर हराएका मध्य ६ जनाको शव फेला परेको छ । 
   घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरिक्षक गणेश बमका अनुसार मृत्यु हुनेमा ४ जना रहो छन् । जसमा ४३ बर्षीया रामती देवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ बर्षे प्रयाग जेठारा र ७ बर्षीय बालिका अष्मिता जेठारा रहेका छन् । यसै गरी १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको प्रहरी नायव उपरिक्षक बमले बताए । 
   पहिरोमा बेपत्ता भएका २० वर्षीय गिरी जेठारा भने अझै बेपत्ता रहेका छन् । शुक्रबार राती वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसका २० घर बगाएको वडा नंम्बर ८ का वडा अध्यक्ष गणेश बोहोराले बताए । उनका अनुसार स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु पनि पहिरोले बगाएको छ । 
   ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको वडा अध्यक्ष बोहोराले बताए ।