धनगढी पोष्ट
बिहिबार, ०९ भदौ २०७९ मा प्रकाशित
धनगढी । कैलालीको धनगढी स्थितच रुबस होटलले धनगढी उप महानगरपालिकालाई बार्षिक १ लाख रकम सहयोग गर्ने भएको छ ।
बिहीबार धनगढी उप महानगरपालिका र रुबस होटल विच उप महानगरपाकिलाले सञ्चालन गरेको विशेषज्ञ सहितको वडा स्वास्थ्य क्लिनिक सञ्चालन तथा व्यवस्थापनलाई सहयोग पुर्याउनेगरी रकम सहयोग गर्ने सम्झौता गरेको छ ।
होटलका प्रबन्ध निर्देशक प्रकाश चन्द्र भट्ट, धनगढी उप महानगरपालिकाका नगरप्रमुख गोपाल हमाल र प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार रुबस होटलले पाँच बर्ष सम्मका लागि विशेषज्ञ सेवा सहितको वडा क्लिनक सञ्चालनमा सहयोग पु¥याउने गरी बार्षिक एक लाखका दरले सहयोग गर्ने छ ।
सो रकम उप महानगरपालिकाले व्यवस्थापन, औषधी खरिद लगायतमा खर्च गर्ने छ । आर्थिक बर्षको प्रथम चौमासिक भित्रै एकमुस्ट रकम उप महानगरपालिकाले बुझ्ने छ भने, गुरुस्तरिय स्वास्थ्यसेवा प्रदान नगरेमा सम्झौता भंग गर्न सक्ने शर्त राखिएको छ ।