बझाङ पहिरो अपडेट पीडितका लागि ल्याएको सामान चैनपुर झारियाे

बझाङ पहिरो अपडेट  पीडितका लागि ल्याएको सामान चैनपुर झारियाे

धनगढी, 
   बझाङको केदार स्यु गाउँपालिका ८ मा पहिरो गएपछि घरवार विहिन बनेका परिवालाई हेलिकोप्टर मार्फत ओसारिएको राहत सामाग्री सदरमुकाम चैनपुरमै झारेपछि घटना स्थल सम्म लैजान थप समस्या भएको छ । 

   मिनि आकारको हेलिकोप्टरमा सामाग्री ल्याउने भनिएपनि सामाग्री नअटाएपछि नेपाली सेनाको ठुलो हेलिकोप्टरबाट सामान ओसारीएको थियो । सो हेलिकोप्टर घटना स्थल आवपास अवतरण हुन नसकेपछि चैनपुरमै सामान झार्नुपरेको हो । 
   चैनपुरमा सामाग्री झार्दा सो सामाग्री ट्रक मार्फत झोता लैजानु पर्ने हुन्छ । झोता बाट बोकेर कम्तिमा ४ घण्टा हिडेपछि मात्रै तत्कालिन राहको सामाग्री घटना स्थल सम्म पु¥याउन सकिने केदार स्यु–८ का वडा अध्यक्ष गणेश बोहराले बताए । उनका अनुसार पहिरो पिडित परिवारका लागि ल्याइएको सामाग्री घटना स्थल सम्म पुर्याउन कम्तिमा दुई दिन लाग्ने छ । राहतका सामाग्रीमा त्रिपाल, कम्बल लगायतका सामाग्री रहेको उनले बताए ।