धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

एशियन लाइफद्वारा अपाङ्ग भत्ता वितरण

एशियन लाइफद्वारा अपाङ्ग भत्ता वितरण

धनगढी । एशियन लाईफ इन्सौरेन्स कम्पनिले कञ्चनपुरकी एक विमित महिलालाई मासिक अपाङ्गता भत्ता प्रदान गरेको छ ।

डोटीको तोलेनी घर भई हाल कञ्चनपुरको पुनर्वास नगरपालिका११ बस्दै आएकी लालीदेवि सिंहलाई ७ महिनाको अपाङ्गता भत्ता वितरण गरिएको एशियन लाईफ इन्सायैरेन्स कम्पनिले जनाएको छ ।

सिंहले १ ला ६० हजार बराबरको विमा गरेको केही समय पछि रुख बाट लडेर उनि शारिरीक रुपमा अशक्त भएकिथिइन । विमा पश्चात मानिस अंगभंग भमा एशियन लाईफले १० बर्ष सम्म अपाङ्ग भत्ता वितरण गर्दे गरेको छ । सोही अनुसार अहिले ७ महिना बराबरको ९ हजार ३३१ रुपैंया प्रदान गरिएको हो । शाखा प्रबन्धक कमलराज जोशी र शाखा मार्केटिक कर्मचारी सुरेन्द्र बहादुर चन्दले घरमै गएर सिंहलाई सो रकम प्रदान गरेका हुन् ।