धनगढी पोष्ट
बुधबार, २२ भदौ २०७९ मा प्रकाशित
धनगढी । धनगढी–१९ मा विद्यार्थी संग कलाको माध्यामबाट संबाद सहजिकरण कारे कार्यशाला सम्पन्न भएको छ ।
समाजिक परिवर्तन केन्द्र, काठमाडौको सहजीकरणमा संचालित सदभाव परियोजना अन्र्तगत धनगढी उपमहा नगर पालिका वडा–१९ स्थित फुलबारी मा.वि.का ५० जना विद्यार्थीहरुलाई कलाको माध्यले संवाद सहजीकरण बारे कार्यशाला गरिएको हो ।
कार्यशालामा सहजकर्ता सुनिल बडु र सलिना अधिकारिले सहजीकरण गरेका थिए । आई.एफ.एसंस्थाको साझेदारीमा सद्भाव परियोजना प्रदेश १ को सुनसरी जिल्ला, मधेस प्रदेशको बारा जिल्ला, लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा कार्यक्रम गरिरहेको छ । कैलालीको धनगढी उपमहानगरपालिका र गौरिगङा नगरपालिकामा सो कार्यक्रम सञ्चालन भइरहेको छ ।