धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

प्रतिगमनलाई परास्त गर्न पाँच दल मिल्नुको विकल्प छैन : सिंह

प्रतिगमनलाई परास्त गर्न पाँच दल मिल्नुको विकल्प छैन : सिंह

धनगढी । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले लामो संघर्षपछि प्रप्त गणतन्त्र, हिन्दु निरपेक्षतालाई जोगाउन पाँचदल मिल्नुको विकल्प नभएको बताएका छन् ।

राष्ट्रि जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटिले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेबाट ती सवै उपलब्धी रक्षा हुन नसक्ने र अहिलेपनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्न पाँच दलिय गठबन्धन कायम हुनुपर्ने बताए ।

एमाले अध्यक्ष ओली राजाबादी संग मिलेर देशलाई हिन्दु राष्ट्र कायम गर्न तल्लीन रहेका सिंहको आरोप छ । त्यसका लागि ओलीले भारतसंग समेत गहिरो सांटघाट गरेको उनले बताए । सामन्त गोयल संग गोप्य भेटघाट गरेर अ‍ोलीले हिन्दुको मुद्धामा सहमति गरेका थिए, सिंहले भने, ‘त्यसको उदाहरण पशुपतिमा ओलीले दिएको जोलहरी र चितवनमा राममन्दिर बनाउनु हुन् ।

नेकपाको दोन्द्ध मिलाउन नसकेर संसद विघटन गर्नु ओलीको अर्को प्रतिगमन भएको उनको भनाई छ । अल्पमतमा परेपछि राजीनामा दिएर जनस्तरमा आफ्नो प्रभाव बढाउन छोडेर ओलीले कुर्चिमा रहिरहनका लागि दुई दुई पटक संसद विघटन गरेको उनले बताए । ओलीको सोही कदमका कारण पाँच दलिय गठबन्धन बनेको बताउँदै महाँमन्त्री सिंहले यो गठबन्धन लक्ष्य सम्म पुग्नु पर्ने बताए ।

अहिलेको पाँच दलिय गठबन्धन भारतको इसारामा नभई देशको आवश्यकताका आधारमा बनको उनले बताए । तर गठबन्धन सरकारले गरेका कतिपय गलत निर्णमा भने जनमोर्चा र मसालले सहमति नजनाएको उनले बताए ।

एमसीसी, नागरिकता विधेक जस्ता केही गलत निर्णय यो सरकारले गरेको छ, सिंहले भने, ‘त्यसमा हामीले सहमति गरेका छैनौं, त्यसको बिरोधमा हामी जनतासामु गएको छौं ।

गठबन्धनमा सिट बाँडफाँडको मुद्धा पेचिलो बनेको प्रति उनले असतुष्टि व्यक्त गरे । पाँच दलले यस अघि जीतेका स्थानलाई यथावत राखेर एमालेले जितेका स्थानमा भागबण्डा गर्ने हाम्रो सहमति हो, सिंहले भने, ‘तर अहिले ठुला दल त्यस विपरित बढी सिटमा दावि गरिरहेका छन्, यसले केही समस्या निम्त्याउन सक्दछ ।  राष्ट्रिय जनमोर्चाले प्युठान र बागलुङमा आफ्नो दावि गरेको उनले बताए ।