धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

फिजियो थेरापि दिवसका अवसरमा निसर्गले गर्यो रक्तदान

फिजियो थेरापि दिवसका अवसरमा निसर्गले गर्यो रक्तदान

धनगढी । विश्व फिजियोथेरापि दिवसका अवसरमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले धनगढीमा रक्तदान गर्नुका साथै फिजियो थेरापिका विरामीलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

दिवसका अवसरमा बिहीबार आयोजना गरिएको रक्तदान कार्यक्रममा हस्पिटलमा कार्यरत २१ जना कर्मचारीले रगत दान गरेका छन् भने, अस्पतालमा उपचाररत ४७ जना  फिजियोथेरापीका बिरामीहरुलाई निशुल्क सेवा प्रदान गरिएको हस्पिटलका फिजियोथेरापीस्ट डाक्टर नबिन ढुङगानाले बताए ।

निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । रक्त सञ्चार केन्द्र धनगढी संगको प्राबिधीक सहयोगमा हस्पिटलले आफ्नै प्राङ्गणमा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो ।