धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

जन आकर्षण बढ्दै हसुलिया आयुर्वेद औषधालयमा

जन आकर्षण बढ्दै हसुलिया आयुर्वेद औषधालयमा

धनगढी । कैलारी गाउँपालिका स्थित हसुलिया आयुर्वेद औषधालयमा पछिल्लो समय जन आकर्षण बढ्न थोको छ ।

आयुर्वेद उपचार र जडिबुटीमा आकर्षण बढ्दै गएको हो । कैलारी गाँउपालिका१ हसुलिया बजारमा अवस्थित हसुलिया आयुर्वेद औषधालयमा पछिललो समय दैनिक ६० देखि ७० जनासम्म बिरामी आउने गरेका छन् भने, आयुर्वेदिक औषधी प्रयोग कर्ताको संख्या पनि बढ्न थालेको छ । छन् ।

औषधालयबाट दैनिक रुपमा अम्लपित्त, दम, वाथ रोगहरु, उच्च रक्तचाप, मधुमेह, चर्मरोगहरु, महिला सम्बन्धि सेतो पानी बग्ने महिनावारीमा गड्बडी, मृगौलाको पत्थरी, पिसाब पोल्ने रोगका लागि औषधी लग्नेको संख्या उच्च रहेको छ ।

औषधालयले ओ.पि.डी को साथ साथै पूर्वपञ्ंचकर्म सेवा, स्नेहन, स्वेदन, नस्य आदी, योग परामर्श सेवा, स्तनपायी आमाको लागि दुग्धबर्धक औषधि वितरण, जेष्ठनागरिक रसायण, योग शिविरहरु, गाउँघर क्लिनिक आदी कार्यक्रम नियमित रुपले संचालन गर्दै औषधालयका प्रमुख कविराज शुभाष शाहले बताए

औषधालयले सबै सेवा हरु निःशुल्क रुपमाप्रदान गर्दै आएको छ । नेपाल सरकार ले तोकेको २३ किसिम को औषधि बाहेक पनि कैलारी गापा को सहयोगमा अन्य आवश्यक औषधि हरु ुमेत औषधालयले निशुल्क प्रदान गर्दै आएको छ ।

औषधालय प्रमुख कविराज निरिक्षक सुभाष शाहले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७८÷०७९ मा ओ.पि.डि बाट ८ हजार ७ सय ९७, पूर्वपंचकर्म बाट १ हजार २ सय १३  तथा अन्य कार्यक्रमबाट गरि जम्मा १४ हजार ९ सय १९ जनाले सेवालिएका छन् ।

औषधालयका वैद्य चन्द्र बहादुर मगरका अनुसार औषधालयमा कैलारी गापा बाहेक धनगढि उपमहानगरपालिका, गौरिगंगा नगरपालिका, भजनि नगरपालिका, घोडाघोडी नगरपालिका, संगै भारतको उत्तर प्रदेश स्थित छिमेकि गाउँबाटपनि दैनक रुपमा सेवा लिनआउने गरेका छन् ।