धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

धनगढीमा बजाजका माइलेज च्याम्पियन प्रतियोगिता हुने

धनगढीमा बजाजका माइलेज च्याम्पियन प्रतियोगिता हुने

धनगढी । धनगढीमा बजाज कम्पनिले माइलेज च्याम्पियन प्रतियोगिता गर्ने भएको छ ।
कम तेलमा कसरी धेरै माइलेज दिन सकिन्छ भन्ने सन्देश दिन माइलेज च्याम्पियन आयोजना गरिएको दिनेश ग्रुपका मेनेजिङ डाइरेक्टर श्याम हमालले बताए । उनका अनुसार भदौ २६ गते धनगढी स्थित संघिय प्रहरी इकाइको खेल मैदानमा सो  प्रतियोगिता हुने छ ।
‘पेट्रोलको मुल्य आकासिएका वेला कम तेलमा कसरी बढी भन्दा बढी यात्रा गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिन प्रतियोगिता सञ्चालन गरिने छ,’ हमालले भने, ‘च्याम्पियन प्रतिययोगितामा सहभागि हुने मध्य जसले लामो दुरी संम्म कम तेलमा मोटरसाईकल चलाउन सक्छ उसलाई आकर्षक पुरस्कार समेत दिने छौं ।’ 
नेपालमा ह्यावि मोटराईकल प्रयोगको क्रम बढेपनि अन्य देशमा तेलको खपत कम हुने मोटरसाईकलको खोजि हुने गरेको उनले बताए ।
बजाज कम्पनिले पनि नेपालमा कम तेलमा धेरै माइलेज दिने प्लाटिना १००सीसी को मोटर साईकल भित्र्याएको गोल्छा ग्रुपका एरिया सेल्स मेनेजर कपिल बोगटीले बताए । उनका अनुसार प्लाटीना–१०० ले कम तेलमा धेरै माइलेज दिने र आरमादायी रहेको छ । धनगढीमा आइतबार (भदौ २६ गते) हुने माइलेज च्याम्पियनमा पनि प्लाटिना–१०० को प्रयोग गरिने उनले बताए । 
सीमित पेट्रोल राखेर चालकलाई प्लाटिना–१ सय सीसी चलाउन दिइने र सहभागि मध्य बढी दुरी सम्म मोटरसाईकल चलाउन सक्ने प्रथम, द्धितीय र तृतीय हुने चालकलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको जनाइएको छ ।
‘महंगि आकासिएकावेला कम तेलमा धेरै माइलेज दिने मोटरसाईकलको परिचय दिन पनि माइलेज च्याम्पियन गरिएको हो,’ बगटीले भने, ‘चालकलाई कसरी तेलको सदुपयोग गर्ने भन्ने सञ्देशपनि यसले दिने छ ।’