धनगढी पोष्ट बुधबार, ३० पुष २०८२   January 14, 2026

जसपा कञ्चनपुरको अध्यक्षमा राम सहाय राना

जसपा कञ्चनपुरको अध्यक्षमा राम सहाय राना

धनगढी जनता समाजबादी पार्टी (जसपा) कञ्चनपुर जिल्ला कार्यसमिति गठन गरिएको

शनिबार जसपाकी केन्द्रिय सदस्य, प्रदेश इन्चार्ज एवं सुदूपश्चिम प्रदेश सभा सदस्य मालामति रानाको प्रमुख आतिथ्यतामा भएको भेलाले रामसहाय रानाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो

समतिको उपाध्यक्षमा रामकुमारी राना, सचिवमा इश्वर राना रहेका छन् जसपाका प्रदेश अध्यक्ष भगतराम थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपाका सुदूरपश्चिम बरिष्ठ उपाध्यक्ष गोविन्दराज राना, जसपाका प्रदेश मुख्यसचिव राजु वम, जसपाका नेता भीम थापा, केन्द्रिय सदस्य अमित प्रताप सिंहको सहभागिता रहेको थियो

सो कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, नेकपा एस लगायत विभिन्न पार्टी परित्याग गरी ६५ जना जसपामा प्रवेस गरेका छन् उनीहरुलाई प्रदेश इन्चार्ज मालामति रानाले स्वागत गरिन्