धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

बजाजको माईलेज कन्टेस्ट सम्पन्न

बजाजको माईलेज कन्टेस्ट सम्पन्न

धनगढी । दिनेश अटोमोटिभ्स धनगढीले आयोजना गरेको बजाज माईलेज कन्टेस्ट सोमबार धनगढीमा सम्पन्न भएको छ ।

कन्टेस्टमा सहभागि मध्य आकाश पौडेल सवै भन्दा बढी माइलेज निकाल्दै प्रथम भएका छन् । उनले प्लाटिना मोटरसाईकलमा प्रतिलिटर ९४ किलोमिटरका दरले माइलेज निकालेका थिए ।

यसैगरी ९२ मिलोमिटर प्रतिलिटरका दरले माइलेज निकाल्दै शुनिल चौधरी दोश्रो र ९१ मिलोमिटर माइलेज निकालेका विमल चौधरी तृतीय भएका छन् ।

प्रथम, द्धितीय र तृतीय हुने सहभागिलाई दिनेश ग्रुपका अध्यक्ष श्याम हमालले पुरस्कार वितरण गरेका छन् ।

कार्यक्रममा दिनेश ग्रुपका कार्यकारी अध्यक्ष श्याम हमाल र कम्पनीका तर्फवाट कपिलदेव वोगटिले प्रतियोगिताको वारेमा जानकारी दिंदै कम तेलमा बढी माइलेज दिने मोटरसाईकल अहिलेको आवश्यकता भएको बताएका थिए ।

पेट्रालिय पदार्थमा भएको मुल्य वृद्धिका कारण नागरिक समस्यामा परेका वेला कम तेलमा धेरै माइलेज दिने बजाजको प्लाटिना मोटरसाइकल ग्राहकको रोजाईमा पर्ने दिनेश ग्रुपका अध्यक्ष श्याम हमालले बताए ।

दिनेश अटोमोटिभ्सका प्रबन्धक तेज बहादुर बमले बढ्दै गएको पेट्रोलको मूल्य वृद्धिका कारण समस्यामा परेका ग्राहकलाई बढी माइलेज दिने मोटरसाईकल छान्न आग्रह गरे । उनले प्लाटिना मोटरसाइकलका फाईदाका बारे प्रकाश पारेका थिए ।