धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सात बुँदे मागसहित डा केसीले धनगढीबाट सुरु गरे बीसौँ अनसन

सात बुँदे मागसहित डा केसीले धनगढीबाट सुरु गरे बीसौँ अनसन

धनगढी । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै डा गोविन्द केसीले धनगढीबाट ७ बुद्धे माग सहति २०औं अनसन सुरु गरेका छन् । डा केसी धनगढी स्थित श्री कृष्ण मन्दिरको धर्मशालमा अनसन बसेका छन् । डा केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनुपर्ने माग राखेका छन्। त्यस्तै, जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने माग राखेका छन् ।

उनले सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस् भन्ने माग पनि अघि सारेका छन् ।