धनगढी पोष्ट
सोमबार, २७ भदौ २०७९ मा प्रकाशित
धनगढी । बाल संरक्षणका लागि अत्यावश्यक तथा समय सापेक्षित नीति तथा योजनामा प्राथमिकता, अन्य कानुन र आवश्यक निर्देशिकाहरु यथासक्य निर्माण गरी प्रभावकारी कार्यान्वयनमा प्रतिवद्धता सहितका ११ बुँदे घोषणापत्र जारी गर्दै सुदूरपश्चिम प्रदेशमा बालबालिकाका सवाल, नीतिगत ब्यवस्था एवं भावि योजना तथा कार्यदिशा विषयक प्रदेश स्तरीय कार्यशाला सोमबार धनगढीमा सम्पन्न भएको छ ।
बालबालिकाको यथार्थ अवस्थाको अध्ययन, अनुसन्धान, अनुगमन, खोज तथा घटना अध्ययनलाई थप प्रभावकारी र नियमित गर्ने प्रतिवद्धता व्यक्त गरिएको घोषणा पत्रमा वडा र बाल क्लवहरुको सुदृढिकरण गर्न तथा गठन नभएका ठाउँमा बाल क्लव गठन गर्ने र बाल सहभागित सुनिश्चितताको प्रतिवद्धता घोषणा पत्रमा गरिएको छ ।
सामाजिक बिकास राज्यमन्त्री, प्रदेश सभाका समितिका सभापति, प्रदेश सभा सदस्य, कैलालीका पालिकाहरुका प्रमुख र पत्रकारहरुको सहभागिता रहेको कार्यशालाद्धारा जारी गरिएको घोषणा पत्रमा बालबालिका माथि हुने जातिय तथा अन्य विभिन्न प्रकारका विभेद अन्त्यका लागि सचेतनामुलक कार्यक्रम सञ्चालनका लागि लगानी अभिवृद्धि गर्न गराउन प्रतिवद्धता व्यक्त गरिएको छ ।
बालमैत्री स्थानीय शासन प्रक्रियाको पुर्णत अवलम्बनका लागि आवश्यक विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने र बालबालिकाहरुलाई लागु पदार्थको दुव्र्यशयनीबाट जोगाउनु पर्ने आवश्यकतामा जोड दिदै दुव्र्यसनिमा फसेका बालबालिकालाई यथासक्य सुधार केन्द्र प्रेषणका लागि व्यवस्थापन गर्नै पर्ने आवश्यकता घोषणापत्रमा महशुश गरिएको छ ।
ज्ञापन पत्रमा बालबालिकाहरुलार्ई कुपोषणको दुष्चक्रबाट मुक्त गर्न प्रदेश तथा स्थानीय सरकार लगायत सम्वद्ध सबै संवेदनशील रहँदै उक्त समस्या समाधानका लागि प्रभावकारी कार्य गर्न प्रतिवद्धता व्यक्त गरिएको छ ।
किशोर किशोरी लक्षित जीवन उपयोगी सिप सम्बन्धी कक्षा सञ्चालन गर्ने प्रतिवद्धता समेत वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा नेपाल पत्रकार महासँघ सुदुरपश्चिम समितिले आयोजना गरेको कार्यशालाद्धारा जारी बिज्ञप्तिमा व्यक्त गरिएको छ ।
सामाजिक सञ्जालहरुको दुरुपयोगले निम्त्याउने परिणामतर्फ बालबालिकाहरुलाई सचेतीकरण गराउनु पर्ने खाँचो महशु्श गरिएको घोषणापत्रमा बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँच बृद्धिमा जोड दिइएको छ ।
बाल अधिकार सुनिश्चितताका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सञ्चार माध्यमद्धारा प्रतिवद्धता व्यक्त गरिएको घोषणा पत्रमा किशोर किशोरीहरुका लागि जीवनोपयोगी तालिम कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेमा जोड दिइएको छ
कार्यशालामा प्रदेश मामिला तथा विधायन समितिका सभापति नेपालु चौधरी, सामाजिक विकास समितिकी सभापति कुन्ती जोशी, नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका प्रमुख सचेतक अक्कल रावल, प्रदेश सभा सदस्य पूर्णा जोशी, प्रदेश सभा सदस्य दिल्लीराज पन्त, महेशदत्त जोशी, मालामति राना, सुशिला बुढाढोकी, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, पुनर्वास नगरपालिकाका प्रमुख तोया प्रसाद शमा, कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावत, गौरीगंगा नगरपालिकाका नगर प्रमुख देविदत्त कँडेल, टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारु, भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी, कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरी, जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरी र गोदावरी नगरपालिकाका उप नगरप्रमुख शारदादेवी रोकायाको सहभागिता रहेको थियो ।