धनगढी पोष्ट
बुधबार, २९ भदौ २०७९ मा प्रकाशित
धनगढी । नेपाल आयुर्वेद व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा दीपक गौतम चयन भएका छन ।
मंगलबार भएको संघको प्रथम प्रदेश साधारण सभा तथा दोस्रो अधिवेशनले गौतमको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा तिर्थराज कलौनी, महिला उपाध्यक्षमा मेनुका मिश्र, सचिवमा नवराज खनाल, सह–सचिवमा ठक्कर बोकटी, कोषाध्यक्षमा डम्मरी पनेरु चयन भएका छन् ।
यस्तै, सदस्यमा रमेश पाण्डेय, बसन्त बहादुर धामी, शेषकान्त राना, विनोद कन्जाडे, हरिद्धारी कठरिया, गौतम ऐर, कासीराम डगौरा, धु्रव बहादुर विष्ट र दिनेश कुमार खड्का चयन भएका छन् ।
यस्तै संघको सल्लाहकारमा प्रदेश आयुर्वेद्ध चिकित्सालयका निमित्त निर्देशक डाक्टर खगेन्द्र बम, दीपकराज पन्त र डाक्टर दुर्गा प्रसाद ढुङ्गाना चयन भएका छन् ।