धनगढी पोष्ट सोमबार, १६ भदौ २०८३   August 31, 2026

सुदुरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

सुदुरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

धनगढी

   सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको  परिक्षणमा सुदरपश्चिममा ४५ जनामा कोरोना संक्रमणि पुष्टि भएको छ ।

  पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा परशुराम नगरपालिका डडेल्धुरामा १ महिला र ४ पुरुष गरि ५ जनाकैलालीमा  ३ महिला सहित १२ जना जना ( गोदावरी नगरपालिकामा १ महिला र ८ पुरुष गरि ९ जनाटीकापुर नगरपालिकामा १ पुरुष, धनगढीमा  २ महिला ), कन्चनपुुरको पुनर्वास नगरपालिामा ८ महिला र २० पुरुष गरि २८ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेयद्धारा प्रकाशित प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

 पछिल्ला २४ घण्टामा सुदुरपश्चिमका १ शय ३७ जनाको स्वाब परिक्षण गरिएको थियो ।