धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

डिप्लोमा ईन्जिनियरिङ्ग एसोशियसनको अध्यक्षमा पन्त

डिप्लोमा ईन्जिनियरिङ्ग एसोशियसनको अध्यक्षमा पन्त

धनगढी । डिप्लोमा ईन्जिनियरिङ्ग एसोशियसन कैलालीको अध्यक्षमा इन्जिनियर रोशनकुमार पन्त चयन भएका छन् ।

बिहीबार धनगढीमा सम्पन्न डिप्लोमा ईन्जिनियरिङ्ग एसोशियसनको चौथो जिल्ला अधिवेसनले पन्तको अध्यक्षतमा १२ सदस्यिय कार्यसमिति चयन गरेको हो ।

अधिवेसनबाट उपाध्यक्षमा इन्जिनियर बिरेन्द्र चन्द, सचिवमा इन्जिनियर सूर्य प्रकाश पन्त चयन भएका छन् । समितिकिो सहसचिव र कोषाध्यक्ष पछि चयन गरिने जनाइएको छ । यसैगरी सदस्यमा ई.मनिराम लामिछाने, ई.ठन्डराज भाट, ई.मनोज सिंह धामी, ई.मोहन सिंह मडैं, ई.जनक खड्का, ई.बिनोद खड्का र ई.जगदिश निर्मल बिष्ट चयन भएका छन् ।

अधिवेसनले इन्जिनियर लोकराज भट्टको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकार समितिमा ई.दिपक सिंह बिष्ट र ई.दिनेश बोहरा सदस्य रहेका छन् ।

डिप्लोमा ईन्जिनियरिङ्ग एसोशियसनका निवर्तमान अध्यक्ष इन्जिनियर महेन्द्र राज पन्तको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा डिनका केन्द्रीय अध्यक्ष इन्जिनियर कामेश्वर प्रसाद सिंह प्रमुख अतिथी रहेका थिए ।