धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा थप १ सय ६ जनामा संक्रमण पुष्टी, जम्मा संक्रमितको संख्या ३ हजार ६ शय

धनगढी

  पछिल्लो २४ घण्टामा देशका विभिन प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिम प्रदेशमा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै सुदूरपश्चिममा संक्रमितको कुल संख्या ३ हजार ६ सय ७८ पुगेको छ ।

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्ला, सेती अस्पताल प्रयोगशाला धनगढी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षण गरी जम्मा १ सय ६ जनाका संक्रमण पुष्टि भएको जनाएको छ ।

  टेकुको प्रयोगशालामा १४ र धनगढीको प्रयोगशालामा १३ गरी कैलालीका २७ जना, धनगढीको प्रयोगशालामा डोटीका ३ जनाटेकुको प्रयोगशालामा ३ र धनगढी प्रयोगशालामा १ गरी बैतडीका ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

  यसैगरी जुम्लामा गरिएको परिक्षणमा बाजुराका ३० जना, धनगढी प्रयोगशालामा ६ र डडेल्धुरा प्रयोगशालामा ३ गरी डडेल्धुराका ९ जना, धनगढी प्रयोगशालामा कञ्चनपुरका ३२ जनामा, धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा अछामका १ जनामा कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

  हालसम्म सुदूरपश्चिममा ६ सय ८० जना संक्रमित रोग मुक्त भएर घर फर्किसकेका छन् ।

  यसअघि आज नै सेती अस्पताल धनगढीमा गरिएको परिक्षणमा विभिन्न जिल्लाका ३९ जनामा पनि संक्रमण पुष्टी भएको थियो ।