धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

आजदेखि धनगढीमा प्लाष्टिकजन्य वस्तु प्रयोगमा रोक

सोज १ गतेदेखि स्च्छता अभियान लागु भए पनि पुर्ण कार्यान्वयन भने कार्तिक १ देखि गरिने छ ।

आजदेखि धनगढीमा प्लाष्टिकजन्य वस्तु प्रयोगमा रोक

धनगढी  धनगढी उप महानगरपालिका क्षेत्रमा  आज ( असोज गते ) देखि प्लास्टिकजन्य वस्तु ( सुर्तिजन्य पदार्थ, गुट्का ) बिक्री वितरणमा रोक लागेको    धनगढीलाई स्वच्छ  नगर बनाउने क्रममा धनगढी उपमहानगरपालिकाले प्लास्टिक, सुर्तिजन्य पदार्थ, गुट्का बिक्री वितरणमा रोक लगाएको हो      

 हाम्रो धनगढी हामी बनाउँछौ भन्ने अभियानका क्रममा धनगढी उपमहानगरपालिकाले धनगढीलाई प्लास्टिक, सुर्तिजन्य पदार्थ, गुट्का विहीन नगर बनाउने लक्ष्य राखेको

चालु बर्षलाई हामीलेसरसफाई बर्ष का रुपमा मनाउने निर्णय गरेका छौं धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले भने, ‘प्लास्टिक सुर्तीजन्य पदार्थ सो अभियानका बाधक देखिएकाले असोज गतेदेखि बिक्री वितरण गर्न निषेध गर्ने निर्णय गरेका हौं

असोज गतेदेखि स्च्छता अभियान लागु भए पनि पुर्ण कार्यान्वयन भने कार्तिक देखि गरिने

मेयर हमालले पहिलो चरणमा प्लास्टिक प्रयोग नगर्न सूचना जारी गर्ने, माइकिङ गर्ने को संग कति प्लास्टिक भन्ने तथ्याङ्क संकलन गरिने बताए दशैसम्म हामी सूचना जारी गर्दै निर्णयका बारेमा सवैलाई जानकारी गराउँछौं मेयर हमालले भने, ‘कात्तिक गतेदेखि भने यसलाई कडाईका साथ लागु गरिने

प्लास्टिक फोहोर मात्र नभई  क्यान्सरको कारक रहेको बताउँदै मेयर हमालले त्यसलाई निषेध गर्नु अपरिहार्य रहेको बताए प्लास्टिक लगेर सवैले जलाउने गर्दछन् मेयर हमालले भने, ‘त्यसको धुवा स्वास्थ्यका लागि निकै हानिकारक हुदो रहेछ, नागरिकको स्वास्थ्य सुरक्षाका लागि पनि यसलाई निषेध गर्नु अति आवश्यक

उनले प्लास्टिकको विकल्प उपभोक्ता व्यवसायीले खोज्नु पर्ने बताए बजारमा प्लास्टिकका विकल्प धेरै छन् मेयर हमाल भन्छन्, ‘तर हाम्रो बानी नपरेका कारण समस्या भएको हो, अब प्लास्टिकको सट्टा अन्य सामान प्रयोग गर्ने बानीको विकास गर्नु पर्दछ, विकल्पका बारेमा धेरै सोच्नु आवश्यक देखिदैन

भदौ गते बसेको नगर कार्यपालिकाको बैठकले असोज गतेदेखि प्लास्टिक निषेध गर्ने निर्णय गर्दै ती वस्तु बिक्री वितरण गरेमा पहिलो पटक एक हजार, दोश्रो पटक तीन हजार तेश्रो पटक हजार जरिवाना तिराउने निर्णय गरेको

   गत बैशाखमा नगरप्रमुखमा निर्वाचित भएपछि हमालले हाम्रो धनगढी हामी बनाउँछौं अभियान सँचालन गरिरहेका छन्   

 

 

प्लाष्टिकको विकल्प दिनुपर्छ

हरी रेग्मी

अध्यक्ष राष्ट्रिय उपभोक्ता मञ्च कैलाली

प्लास्टिक जन्य वस्तुको प्रयोग विस्तारै कम गर्नु राम्रो हो तर त्यसको विकल्प दिनु पर्दछ विकल्प नदिएमा उपभोक्ता व्यवसायी दुवैलाई समस्या हुन सक्दछ किलो चामल किन्ने उपभोक्तालाई व्यवसायीले केमा राखेर दिने ? त्यसबारेमा उप महानगरपालिकाले सोच्नु पर्दछ

प्लास्टिकको विकल्प दिने व्यवसायीलाई स्थानीय सरकारले कसरी सम्मान गर्छ, त्यो पनि खुलाइनु पर्दथ्यो तर विकल्प नदिएर प्लास्टिक जन्य वस्तुको प्रयोगमा रोक मात्रै लगाउने गरी निर्णय गरिनु त्यति व्यवहारिक हुदैन त्यसैले प्लास्टिकमा रोक लगाउँदा त्यससंगै विकल्पका बारेमा पनि निर्णय गरेको भए राम्रो हुन्थ्यो

व्यवसायीसंग छलफल भएन : कुँवर

पुष्पराज कुँवर

अध्यक्ष

 कैलाली उद्योग बाणिज्य संघ

प्लाष्टिकको प्रयोग रोक्ने विषयमा हामीले व्यवसायीसंग छलफल पनि गरेका थियौं स्थानीय तहले भने झै एकै पटक प्लास्टिक बन्द गर्न सकिने अवस्था छैन पहिला विकल्प नै दिइएको छैन विकल्प दिए पनि प्लास्टिक उद्योग खोलेर बसेका व्यवसायीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा छलफल हुनु पर्दछ

उपमहानगरले प्लास्टिक निषेध गर्दा व्यवसायीसंग छलफल गर्नु पर्दथ्यो तर हालसम्म छलफल पनि गरेको छैन

नगरलाई सुन्दर, स्वच्छ बनाउने इच्छा हामी सबैको तर एकै पटक अमेरिका, युरोप बनाउछौं भन्ने सपना देखेर सम्भव हुँदैन प्लास्टिकको व्यवसाय गर्ने व्यवसायी, उद्योगीलाई कसरी व्यवस्थापन गर्ने ? प्लास्टिकको विकल्प के हुने ? भन्ने बारेमा गहन छलफल हुनु आवश्यक

अर्को कुरा, भारतबाट आयात हुने प्लास्टिकलाई कसरी रोक्ने भन्ने ठूलो चुनौतीको विषय हो यहाँका उद्योगीलाई प्लास्टिक उत्पादन गर्न रोक्ने, तर भारतबाट आयात हुने प्लास्टिक बन्द  गर्न नसकेमा यो अभियानले सार्थकता पाउन सक्दैन