धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

कैलालीमा करिव १५ सय बढी घर डुवान, १ वेपत्ता

कैलालीमा करिव १५ सय बढी घर डुवान, १ वेपत्ता

धनगढी । लगातारको बर्षा संगै आएको बाढीका कारण कैलालीमा करिव १५ सय घर परिवार डुवानमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको पूर्वि क्षत्रका ५ पालिकामा डुवानका कारण नागरिकलाई समस्या भएको छ ।

जोशीका अनुसार कैलालीको जोशीपुर गाउँपालिकामा करिव ४ सय, कैलारी गाउँपालिकामा १ सय ८०, टिकापुर नगरपालिकामा १ सय ७५, भजनीमा करिव ६ सय ८०, लम्कीचुहामा १ सय ५० घर डुवानमा परेका छन् ।ती स्थान उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सूचना अधिकारी जोशले बताए ।

बाढीमा परी धनगढीमा १ युवति वेपत्ता भएकी छन् ।