धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

केसीको माग पुरा गर्न भन्दै दिप प्रज्वलन

केसीको माग पुरा गर्न भन्दै दिप प्रज्वलन

धनगढी । नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश कमिटिले डाक्टर गोविन्द केसीको माग पुरा गर्न भन्दै दीपप्रज्वलन गरेको छ ।

सेती प्रादेशिक अस्पताल परिषरभित्र केसीको मागप्रति सरकार गम्भिर बन्नुपर्ने भन्दै दिप प्रज्वलन गरिएको सचिव डाक्टर कपिल भट्टले बताए ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा सामाजिक न्यायको साथसाथै आम नेपाली नागरिकको बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि २० औं पटक अनसन बसेका केसीको माग प्रति एक्येवद्धता जनाउँदै दीप प्रज्वलन गरिएको डाक्टर भट्टले बताए ।

माईतीघरमा प्रदर्शन

धनगढीमा अनसनरत डा गोविन्द केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । 

सोलिडारिटी फर डाक्टर केसी अलाइन्सको आव्हानमा शनिबार उक्त प्रदर्शन गरिएको हो । जो निजी अस्पतालको मालिक, उही स्वास्थ्य मन्त्री ? स्वार्थको द्वन्द्व सम्बन्धी कानून खै ?, उपचार गर्न काठमाडौं कहिलेसम्म धाउनुपर्ने ? लगायत प्ले कार्ड बोकेर चिकित्सकहरुले प्रदर्शन गरेका थिए ।