धनगढी पोष्ट शनिबार, १७ कार्तिक २०८१   November 2, 2024

खोज उद्दार तदारुकता साथ अघि बढाउः एमाले

खोज उद्दार तदारुकता साथ अघि बढाउः एमाले

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले वेपत्ता परिवारहरुको खोजी तथा उद्दार कार्यलाई तथारुकताका साथ अघि बढाउन माग गरेको छ ।

शनिबार प्रेस विज्ञप्ती जारी गर्दै विहिबार राती देखि आएको वर्षाका कारण अछाममा पहिरोमा परि वेपत्ता परिवारको खोज तथा उद्दारका साथै उचित राहत तथा पुर्नस्थापनाको व्यवस्था गर्न माग गरेको हो ।

अछाममा बाढी तथा पहिरोमा परि २२ जनाको मृत्यु र एक जना वेपत्ता हुनुका साथै ११ जना घाईते भएका छन । ‘पहिरोका कारण ज्यान गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ अध्यक्ष दामोदर भण्डारीद्धारा हष्ताक्षरित विज्ञप्तीमा भनिएको छ –‘विपद प्रभावित क्षेत्रको वेपत्ताहरुको खोजी तथा उद्दार एवं प्रभावितहरुका लागि राहत कार्यमा सहयोग पुगाउन सम्पूर्ण पार्टी पंक्तिलाई आव्हान गर्दछु ।’