धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

काम गर्न नसक्दा व्यवस्था माथी प्रश्न उठ्यो : मुख्यमन्त्री भट्ट

काम गर्न नसक्दा व्यवस्था माथी प्रश्न उठ्यो  : मुख्यमन्त्री भट्ट

धनगढी । नागरिकका चाहना अनुसार काम गर्न नसक्दा समग्र व्यवस्थामाथी प्रश्न उठ्न थालेको सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको भनाई छ ।

नागरिकका चाहना अनुसार काम गर्न नसक्नुको कारण संविधानको मर्म अनुसार रुपान्तरण हुन नसक्नु रहेको उनको भनाई छ । संविधान दिवसका अनुसार सोमबार धनगढीमा अयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले भने, ‘व्यवस्था परिवर्तन भएपनि हाम्रो काम गर्ने शैली पुरानै भयो, पुरानै तरिकाले काम गरेर जनताका चाहना पुरा हुने स्थिती देखिएन, काम गर्ने शैली परिवर्तन हुन जरुरी छ ।

व्यवस्था परिवर्तन भएपनि त्यस अनुसार व्यक्ति र शासन गर्ने शैली परिवर्तन नभएको उनले स्वकारले हामी पुरानै तरिकाले काम गरिरहेका छौं, मुख्यमन्त्री भट्टले भने, ‘पुरानै शैलीमा काम गरेर जन आकांक्षा पुरा हुन सकेनन्, त्यसलै अहिले व्यवस्था माथीनै प्रश्न उठ्न थालेको छ, यस विषयमा सवै गम्भिर बन्नु जरुरी छ ।

मुख्यमन्त्री भट्टले हजारौंको बलिदानी पछि आएको संविधान कार्यान्वयन गर्न र जनअपेक्षा अनुसार काम गर्न राष्ट्रिय एकता अपरिहार्य रहेको बताए । राष्ट्रिय सहमति भएका कारण मात्रै संविधान जारी भयो, मुख्यमन्त्री भट्टले भने, ‘त्यस पछि राजनीतिक सहमति जुट्न सकेको छैन, राष्ट्रिय सहममति विना संविधान पुर्ण कार्यान्वयन हुन सक्दैन ।

 मुख्यमन्त्री भट्टले प्रदेश सरकारले कही गरेन भन्ने आरोपको भने खण्डन गरे । प्रदेश सरकार बनेपछि गाउँगाउँमा विकास भएको र प्रदेश सरकारको काम गाउँमै दखिएको उनले बताए । एकात्कम साशन व्यवस्था हुँदा र प्रदेश सरकार बनेपछि के परिवर्तन भयो भन्ने कुरा गाउँमा गएर हेर्दा देखिन्छ, उनले भने, ‘शहरमा दुई चार जनाले कुरा काटेर हुँदैन, परिवर्तन भएको पनि देख्नु पर्दछ ।

प्रदेश सरकार बनेपछि गाउँमा थोरै भएपनि राज्यको उपस्थिती भएको उनले बताए । विभिन्न कायरणले गर्दा जनताले चाहे अनुसार काम नभएपनि गाउँगाउँमा भने विकासको जग बसेको उनले बताए ।