धनगढी पोष्ट शुक्रबार, १८ पुष २०८२   January 2, 2026

आरजु देउवा कांग्रेसको समानुपातिक सूचिमा

आरजु देउवा कांग्रेसको समानुपातिक सूचिमा

धनगढी कैलाली सहित देशका विभिन्न स्थानबाट प्रत्यक्ष चुनावका लागि नाम सिफारिष गरिएकी कांग्रेस केन्द्रिय सदस्य आरजु राणा देउवाको नाम कांग्रेको प्रतिनिधिसभामा समानुपातिक सूचीमा पनि समावेस गरिएको

सोमबार नेपाली कांग्रेसले तयार पारेको समानुपातिक उम्मेदवारको बन्द सूचिमा आरर्जुको नाम समेत समावेस गरिएको हो

कैलाली सहित देशका विभिन्न ठाउँबाट प्रतिनिधिसभामा उम्मेदवारका रूपमा नाम सिफारिस भएकोमा उनको नाम कांग्रेसले समानुपातिक सूचिमा समेत राखेको हो

२०७४ मा आरजु कैलाली बाटै प्रत्यक्ष निर्वाचन लडेकी थिइन् उनलाई एमालेका नारदमुनि रानाले चुनाव हराएका थिए

मंसिर गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार सोमबार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको थियो । एक पदाधिकारीका अनुसार आरजुसहित दुई सहमहामन्त्रीको नाम पनि समानुपातिकमा समेटिने भएको

सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर जीवन परियारलाई पनि समानुपातिकमा उठाइने ती पदाधिकारीले जनाए त्यसैगरी पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि गोपालमान श्रेष्ठको नाम पनि समानुपातिकमा समेटिने भएको

कानुनबमोजिम प्रतिनिधिसभा प्रदेशसभामा ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था

जसअनुसार प्रतिनिधिसभाका २७५ मध्ये ११० जना सातवटै प्रदेशसभामा २२० जना सदस्य समानुपातिकतर्फबाट निर्वाचित हुन्छन्