धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
चाड वाड नजिकिदा असुरक्षित यात्रु

सुदूरपश्चिममा कार्यान्वयन भएन दुई चालक राख्ने नियम

सुदूरपश्चिममा कार्यान्वयन भएन दुई चालक राख्ने नियम

धनगढी सरकारले लामो दुरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा अनिवार्य दुई चालकको व्यवस्था गर्नुपर्ने नियम बनाएपनि सुदूरपश्चिममा सो नियम यातायात व्यवसायीले पालना गरेका छैनन

सरकारले चार वर्ष अघि दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यसहित व्यवस्था गरेको नियमको प्रदेशबाट लामो दुरीमा सञ्चालन हुने यातायात व्यवसायीले पालना नगरेका हुन

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को शंसोधन ऐन २०७५ को दफा १०४ अनुसार लामो बाटोमा यातायात सेवा सञ्चालन गर्दा दुई चालक अनिवार्य राख्नु पर्ने व्यवस्था सो ऐन अनुसार प्रत्य ÷ घण्टामा सवारी चालक फेरीनु पर्ने हुन्छ त्यसका लागि चालकको व्यवस्था सवारी धनीलेनै गर्नुपर्ने हुन्छ

ऐन अनुसार हाल सम्म सुदूरपश्चिमका लामो दरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा दुई चालकको व्यवस्थापन गरिएको पाइदैन चाडवाडमा नियमित नम्बर बाहेक पनि सवारी चलाउनु पर्ने हुन्छ एउटै चालकलाई आरम कम हुने त्यसले सवारी दुर्घटना बढाउने गरेको प्रहरीकै निस्कर्ष भएपनि दुई चालकका लागि प्रहरीले पनि कडाई गरेको छैन

सवारीमा दुई चालकको व्यवस्था नहुँदा चाडवाडमा यात्रु असुरक्षित बनेका छन् एउटै चालकले लगातार सवारी हाँक्दा सवारी दुर्घटना हुने जोखिम उच्च हुन्छ, बाजुरोको स्वामिकार्तिक गाउँपाकिालका स्थानीय जगदिश धामीले भने, ‘कम्सेकम चाडवाडको समयमा दुई सवारी चालकको व्यवस्था गर्न सके यात्रामा जोखिम बढ्ने थिएन

सरकारले बनाएको नियम पालना गर्दा ट्राफिक प्रहरीले उदासिनता देखाएको उनले बताए नियम पालना गराउनकै लागि ट्राफिकलाई सडकमा राखिएको हुन्छ, उनले भने, ‘तर दुई चालक खै भनेर अहिले सम्म बसधनीलाई प्रश्न गरेकमो कहिल्यै सुनेको छैन, यो प्रहरीको लापर्वाही हो

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रबक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पाल भने चाडवाडमा लामो दुरीमा चल्ने सवारीमा अनिवार्य दुई चालमको व्यवस्था गर्नका लागि व्यवसायीसंग छलफल भइरहेको बताउँछन्

अहिले काण्डमौंका लागि मात्रै दुई चालकाको व्यवस्था गरिएको , पालले भने, ‘तर चाडवाडका लागि भएपनि सुदूरपश्चिमका पहाडी जिल्लामा चन्ले सवारीमा पनि दुई चालक राखन हामीले यातायात व्यवसायीलाई भनेका छौं, व्यवसायी पनि यस विषयमा सकारात्मक छन्