धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

डाक्टर केसीले मानेनन् काठमाण्डौं जान

डाक्टर केसीले मानेनन् काठमाण्डौं जान

धनगढी धनगढीमा अनुसनरत डाक्टर गोविन्द केसीले थप उपचारका लागि काठमाण्डौं जाने मानेका छैनन्

अनसन बसेको ९औं दिनमा मंगलबार केसीलाई थप उपचारका लागि काण्माण्डौं लग्ने प्रयास गरेपनि उनले धनगढीमै बस्ने अडान लगेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए

उहाँको स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मीले सेती अस्पतालबाट रेफर गरिसकेका छन्, जोशीले भने, ‘त्यसैले केसीले काठमाण्डौं जानै पर्ने हुन्छ, उहाँलाई मनाउन कुरा भइरहेको

केसीले नमानेमा बल प्रयोग गरेर भएपनि काठमाण्डौं लग्न सकिने उनले संकेत गरे नागरिकको स्वास्थ्य रक्षा गर्नु राजयको दायित्व हो, सूचना अधिकारी जोशीले भने, ‘डाक्टर केसीको स्वास्थ्य अवस्था अहिले जटिल , उहाँलाई काठमाण्डौं लग्नुको विकल्प छैन

डाक्टर केसीलाई काठमाण्डौं लैजान नेपाली सेनाको स्काई ट्रक धनगढीमा तयारी अवस्थामा राखिएको तर डाक्टर केसीले भने आफ्ना माग पुरा नभएसम्म धनगढीमै अनसन बस्ने अडान लगेको डाक्टर केसीको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका बरिष्ट कन्सल्टेण्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए

रक्तचाप घटेर ४० मा पुगेको , कमरले भने, ‘सुगरको मात्रा धेरै कम , आमासयबाट रगत बगिरहेको , यस्तोमा उहाँलाई सेतीमा उपचार दिन सम्भव छैन, हामीले जतिसक्दो छिटो काठमाण्डौं लैजान सुझाव दिएका छौं

स्वास्थ्य सुधारका लागि भन्दै बुदे माग राखेर भदौ २७ गते धनगढी स्थित गिता सत्तसंगको धर्मशालाबाट डाक्टर केसीले २०औं अनसन सुरु गरेका थिए भदौ २९ गते स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धनगढी स्थित सेती प्रादेशकि अस्पतालमा भर्ना गरिएको थियो प्रमुख जिल्ला अधिकारी किरण थापाले भने दिन ढल्कदै गरेका कारण केसीलाई काठमाण्डौं लैजान समस्या हुने प्रतिक्रिया दिए