धनगढी पोष्ट
बिहिबार, ०६ असोज २०७९ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा कांग्रेसकी नेतृ दिव्यश्वरी शाहले कांग्रे परित्याग गर्ने घोषणा गरेकिछन् ।
लामो समय सम्म पार्टीमा लागेपनि आफ्नो योगदानको कदर नभएका कारण आफुले पार्टी परित्याग गर्ने निर्णय गरेको उनले बताइन् ।
भूमिगत काल देखिनै मैले कांग्रेसको राजनीति गरेकी हुँ, शाहले भनिन्, शेरबहादुर देउवा र मैले संगै राजनीति गर्यौं, तर अहिले सम्म मेरो योगदानको कुनै मुल्याङ्कन भएन, त्यसैले कांग्रेस परित्याग गर्ने घोषणा गरेकी हुँ ।’ कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक–पटक भेट्न खोज्दा आफुले भेट्न नपाएको भन्दै उनले देउवाका सहयोगिले समेत फोन नउठाउने र खुम्च्याउने प्रवृति लगेको बताइन् ।
नेपाली कांग्रेस परित्याग गर्ने घोषणा गरेकी शाहले आगामी राजनीति कांग्रेस विपि पार्टीबाट गर्ने बताइन् । ‘म विपिकै शिद्धान्तलाई मान्दै आएकी छु,’ उनले भनिन्, ‘त्यसैले कांग्रेस विपिलाई रोज्ने छु ।’ कांग्रेस विपिमा आफुलाई जुन ठाउँबाट उम्मेदवार बनाएपनि लड्न तयार रहेको उनले बताइन् ।