धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

निसर्गमा चिरफारबिना नै पाठेघरको अप्रेसन

निसर्गमा चिरफारबिना नै पाठेघरको अप्रेसन

धनगढी  । धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले नियमित रुपमा चिरफार बिना नै पाठेघरको अप्रेसन गर्न थालेको छ ।

अस्पतालले ल्याप्रोस्कोपी प्रविधिको मद्दतबाट पाठेघर निकाल्ने शल्यक्रिया प्रविधि प्रयोग गरी चिरफार बिना नै पाठेघरको अप्रेसन थालेको हो ।

अस्पतालका अनुसार पछिल्लो केही समययता पाठेघरका बिरामी यो विधिबाट उपचार गर्न आकर्षित भइरहेका छन् । चिरफार नगरी पाठेघरको अप्रेसनगर्दा बिरामीलाई कम पीडा महसुस हुने, अप्रेसन गरेको पर्सिपल्टै घर पठाउन सकिने, संक्रमणको सम्भावना कमहुने तथा बिरामी छिट्टै आफ्नो नियमित काममा फर्किन सक्ने निसर्ग हस्पिटलकी स्त्री तथा प्रशुती रोग विशेषज्ञ डाक्टर नजमुस्वबा अन्सारीले बताइन् ।

निसर्ग हस्पिटलकी स्त्रीतथा प्रसुतीरोग विशेषज्ञ डा.नजमुस्वबा अन्सारी, स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा. सुरेन्द्र भट्ट, ऐनेस्थेसियोलोजिस्ट डा. हेमन्त ओझा लगायतको टिमले चिरफार बिना नै पाठेघरको अप्रेसन सेवा दिईरहेको हस्पिटलले जनाएको छ ।