धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

हेबिटेट नेपालद्धारा बाढी पीडितलाई राहत बितरण

हेबिटेट नेपालद्धारा  बाढी पीडितलाई राहत बितरण

धनगढी हेबिटेट नेपालले कैलालीका बाढी प्रभावित परिवारलाई राहत सामाग्री वितरण गरेको कैलालीको भजनी नगरपालिका कैलारी गाउँपालिकाका बाढी प्रभावित परिवारलाई हेबिटेटले  त्रिपाल, सेल्टरक किट वितरण गरिएको हो

हेबिटेट नेपाल पश्चिम फिल्ड कार्यालय धनगढीका कार्यक्रम व्यवस्थापक पुनिता चौधरीका अनुसार दुई साता अघि अविरल बर्षाका कारण आएको बाढीबाट  बढी प्रभावित परिवारलाई राहात सामाग्री वितरण गरिएको हो

कार्यक्रम व्यवस्थापक चौधरीका अनुसार उनका अनुसार भजनी नगरपालिकामा दुई सय ३५ परिवारलाई त्रिपाल ५० परिवारलाई सेल्टर किट वितरण गरिएको भने कैलारीका एक सय ५२ परिवारलाई त्रिपाल २५ परिवारलाई सेल्टर किट वितरण गरिएको हो

गत भदौ ३१ गतेदेखि असोस गतेसम्म परेको अविरल वर्षा बाढीका कारण  भजनी नगरपालिका  कैलारी गाउँपालिकाका बासिन्दाका घरमा पानी पसेको थियो बाढीका कारण सयौ परिवार घर छोडेर सडक, सामुदायिक बन, बिद्यालयमा बसिरहेका छन्

हेबिटेट नेपालले भुमिहीन, सुकम्वासी, दलित लगायत सामाजिक आर्थिक रुपमा पछाडी पारिएका वर्गको सुरक्षित आवासको लागि सरकारसँगको सहकार्यमा काम गर्दै आइरहेको