धनगढी पोष्ट
बिहिबार, १३ असोज २०७९ मा प्रकाशित
धनगढी । अर्थतन्त्र धरासायी बनेको वेला बैंकले व्याजदर बढाएर उद्योगिलाई समस्यामा पारेको भन्दै कैलाली च्याम्बर अफ कमर्सले वृद्धि गरिएको ब्याजदर फिर्ता गर्न माग गरेको छ ।
बैंकर्स संघले ६ महिना देखिको सिण्डिकेट खारेज गर्ने निर्णय गरी मनमानी ब्याजदर असुली गर्न दिने निर्णय गरेको भन्दै कैलाली च्याम्बर अफ कमर्सले सो निर्णयको बिरोध समेत गरेको छ ।
साथै बैंकको ब्याजदर वृद्धिका विषयमा नेपाल राष्ट्रबैंक, बैंकर्स यशोशियशनको गम्भिर ध्यानाकर्षण हुनुपर्ने कैलाली च्याम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्ल (विप्लव) द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अन्यथा व्यापार व्यवसाय छोडेर सवै साना तथा ठुला उद्योगि सडकमा आउनुपर्ने अवस्था आउन सक्ने भन्दै उनले त्यसप्रति गम्भिर बन्न आग्रह गरेका छन् ।
‘कर्जाम गरिएको ब्याजदर वृद्धिको प्रत्यक्ष असर उत्पादनमा पर्ने र त्यसले अप्रत्यासित महंगि वृद्धि हुन जान्छ,’ विज्ञप्तिमा भनिएको छ, महंगिको मारमा उपभोक्ता पर्ने हुँदा यस्तो गम्भिर विषयमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सरोकारवाला निकायको ध्यान जानु अति आवश्यक छ ।’