धनगढी पोष्ट शुक्रबार, १८ पुष २०८२   January 2, 2026

नवजीवन अस्पतालले पायो पिसियल नर्सिङ्ग अध्यापनको अनुमति

नवजीवन अस्पतालले पायो पिसियल नर्सिङ्ग अध्यापनको अनुमति

धनगढी धनगढी स्थित नवजीवन अस्पतालले पिसियल नर्सिङ कक्षा सञ्चालनको अनुमति पाएको

नेपाल सरकारले सय शय्याको अस्पताललाई मात्रै पिएसएल नर्सिङ कक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेपछि पछिल्लो दुई बर्ष यता सुदूरपश्चिमका कुनैपनि संस्थाले पिसियल नसिंङ कक्षा सञ्चालन गर्न पाएका थिएनन्

नवजीवन अस्पताललाई स्वास्थ्य सेवा विभागले एक शय शय्याको अस्पताल सञ्चालनको अनुमति दिएको हो सो अनुमति संगै नवजीवन अस्पतालले ४० जना सम्मको नर्सिङ कक्षा सञ्चालन गर्ने अनुमति समेत पाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज ढुंगानाले बताए

२०६२ फागुन ११ गतेबाट १५ शय्यामा सञ्चालन गरिएको अस्पताल २०६८ सालबाट ५० शय्यामा सञ्चालन भएको थियो

४० जना विद्यार्थीलाई पि.सि.एल नर्सिङ अध्यापनका लागि अनुमति पाएको ढुंगानाले बताए उनले सिटीइभिटी राष्ट्रिय चिकित्सा आयोगले अध्यापनका लागि अनुमति दिएको बताए। अस्तापलले चार जना विद्यार्थीलाई निःशुल्क नर्सिङ अध्यापन गराउनुपर्नेछ

नवजीवन अस्पतालले स्वास्थ्यका कार्यक्रम, सुत्केरी सेवा लगायत  सरकारले सञ्चालन गरेका सामाजिक स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गर्दै आएको

अध्यक्ष ढुंगानाका अनुसार अस्पतालमा सिटी स्क्यान मेसिन तत्कालै सञ्चालन गर्ने तयारी गरिएको , भने निकट भविश्यमै एम.आर.आई मेसिन समेत जडान गर्ने तयारी भइरहेको