धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

एमालेका अछाम समन्वय संयोजक शाहाले दिए पदबाट राजीनामा

धनगढी । नेकपा एमालेका अछाम समन्वय कमिटि संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

आफ्नो समन्वयमा सिफारिष भएका उम्मेदवारले टिकट नपाएको भन्दै उनले सो पदमा बस्नुको औचित्य नै नभएको भन्दै पदबाट राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई पत्र पठाएका हुन् ।

एमाले अछाम जिल्ला इन्चार्ज झपट बोहराको प्रमुख आतिथ्यमा गत भदौ १९ गते बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर १ मा सर्वसम्मत रुपमा भीम रावललाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन सिफारिस गरेको थियो । तर एमालेले रावललाई नभई जिल्ला इन्चार्ज बोहरालाई टिकट दिने निर्णय गरेपछि शाहले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

उनले पत्रमा लेखेका छन्, ‘समन्वय कमिटीको सर्वसम्मत सिफारिस भन्दा अन्य निर्णय भएकाले समन्वय कमिटीको संयोजक पदमा बसीरहन मेरो नैतिकताले नमान्ने भएकाले आजैको मितिबाट क्षेत्रीय समन्वय कमिटीको संयोजक पदबाट राजीनामा दिएको जानकारी साथ अनुरोध छ ।