धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाएनन् टिकट

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाएनन् टिकट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंसिर–४ का लागि टिकट पाएका छैनन् । 
मुख्यमन्त्री भट्टले सुरुमा संघिय निर्वाचन क्षेत्रका लागि डोटीबाट प्रत्यक्षमा टिकट मागेका थिए । तर डोटीमा एकिकृत समाजबादी पार्टीबाट पूर्व मन्त्री प्रेम आलेले टिकट पाए । 
मुख्यमन्त्री भट्टले प्रदेशसभामा टिकट माग गरेपनि डोटी प्रदेशसभा ‘ख’ मा मुख्यमन्त्री भट्टका स्वकिय सचिव शिवसिंह ओलीले टिकट पाएका छन् । 
डोटी प्रदेश सभा ‘क’ नेपाली काँग्रेसले भागमा परेको छ । डोटीमा प्रतिनिधि सभा सदस्यको टिकट एकीकृत समाजवादीले पाएपछि डोटीमै रहेका नेपाली काँग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्दैछन् ।