धनगढी पोष्ट
आइतबार, २३ असोज २०७९ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसका महाँधिवेसन प्रतिनीधि क्षितज भण्डारीले कैलाली–५ (ख) का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर भण्डारीले स्वतनत्र उम्मेदवारी दर्ता गराएका हुन् ।
आरजुले कैलाली–५ छोडेपछि प्रतिनीधि सभामा आफु सर्वसम्मत उम्मेदवार रहेको दावि गर्दै आएका क्षितज भण्डारीले टिकट नपाएपछि प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएको जनाएका छन् ।
कैलाली–५ (ख) मा नेपाली कांग्रेसका तर्फबाट प्रकाश देउवा उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट एमाले कैलालीका कार्यबाहक अध्यक्ष दुर्गा जोशी उम्मेदवार रहेका छन् ।