धनगढी पोष्ट
सोमबार, २२ असार २०७७ मा प्रकाशित
धनगढी
सेती प्रादेशीक अस्पतालमा गरेको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा कोरोना पुष्टि भएका सबै कैलालीका रहेका छन् ।
सेती प्रादेशीक अस्पतालले जारी गरेको कोरोना भाईरसको उपचार र परिक्षण सम्बन्धि दिउसो २ बजेसम्मको परिक्षण विवरणमा धनगढी उपमहानगरपालिकामा ३३ र ३५ बर्षका २ महिला र ३३, २२, २५, ५२ र ४८ बर्षका गरि ५ पुरुष गरि ७ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।
त्यस्तै गोदावरी नगरपालिकामा ३० बर्षिय १ महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट हेमराज पाण्डेद्धारा हस्ताक्षरित बिज्ञेप्तीमा उल्लेख छ ।