धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

लक्ष्मण थारुले गरे उम्मेदवारी दर्ता

लक्ष्मण थारुले गरे उम्मेदवारी दर्ता

धनगढी । कैलाली क्षेत्र नम्बर५ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभामा लक्ष्मण थारूले उम्मेदवारी दर्ता गराएका छन ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वारेसनामा मार्फत थारूले उम्मेदवारी दर्ता गराएका हुन ।

थारूका प्रस्तावक समेत रहेका बुन्दीलाल थारूले उम्मेदवारी दर्ता गराएका हुन । नागरिक उन्मुक्तिका तर्फबाट कैलाली५ को प्रदेश सभा क मा श्रीराम चौधरी र प्रदेश सभा ख मा गोठु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।