धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९

सुदूरपश्चिमबाट प्रतिनिधि सभामा चार महिला उम्मेदवार

हेभिवेटसंग भिड्दै गौरि

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा चार महिला उम्मेदवार बनेका छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभाका लागि महिला उम्मेदवार बनाएको छ । 

नेकपा माओवादी केन्द्रले प्रदेशमा प्रतिनिधि सभामा एक, नेकपा एमालेले दुई  र नागरिक उन्मुत्ति पार्टीले एक  गरि चार जना महिला उम्मेदवार प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन् । प्रतिनिधि सभाका १६ वटा निर्वाचन क्षेत्र रहे पनि नेपाली काँग्रेसबाट एक महिला पनि प्रत्यक्षतर्फ उम्मेदवार बनाईएको छैन । काँग्रेसकी प्रभावशाली नेतृ प्रधानमन्त्री पत्नी आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५ मा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने चर्चा भए पनि अन्त्यमा उनलाई डडेल्धुराबाट समानुपातिकमा पठाइएको थियो । 

१६ वटा निर्वाचनका आधारमा प्रत्यक्षतर्फ प्रतिनिधिमा महिलाको सहभागिता २५ प्रतिशत देखिन्छ । यद्यपी कञ्चनपुरमा दुई महिला बीच प्रतिष्पर्धा रहेकाले एक संख्या घट्दै तीन  पु्ग्ने देखिन्छ । यस आधारमा प्रतिनिधि सभामा महिला सहभागिता १८ दशमलब ७५ प्रतिशत पुग्ने देखिन्छ । संविधानले नै महिला सहभागिता ३३ प्रतिशतको व्यवस्था गरेको छ । तर, प्रतिनिधि सभामा महिला सहभागिता ३३ प्रतिशत पुगाउन तर्फ दलहरुले कुनै चासो नदिएको महिला नेतृहरु बताउँछन ।

नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा विना मगरलाई उम्मेदवार बनाएको छ ।  नेकपा एमालेले डोटीमा गौरी ओली र कञ्चनपुर क्षेत्र नम्बर ३ मा निरूदेवी पाललाई उम्मेदवार बनाएको छ ।   नागरिक उन्मुक्ति पार्टीले कैलाी निर्वाचन क्षेत्र नम्बर १ मा रञ्जिता श्रेष्ठ चौधरीलाई उम्मेदवार बनाएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा एमालेकी गौरी ओली सत्ता गठबन्धनकाका तर्फबाट नेकपा एकीकृत समाजवादीका प्रेम आलेसँग चुनावी मैदानमा उत्रिएकी छन् । ओली नेकपा एमाले पोलिटब्युरो सदस्य तथा डोटी इन्चार्ज हुन् । 

पूर्व मन्त्री आले २०७० र २०७४ मा प्रत्यक्ष निर्वाचित सांसद हुन् । आले एमाले विभाजित भएसँगै माधव पक्षतिर लागेका थिए ।

एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा एमालेकी गौरी ओली नेकपा एकीकृत समाजवादीका पूर्व पर्यटन मन्त्री प्रेम आलेसँग चुनावी मैदानमा उत्रिएकी छन् । ओली नेकपा एमाले पोलिटब्युरो सदस्य तथा डोटी इन्चार्ज हुन् । 

पूर्व मन्त्री आले २०७० र २०७४ मा प्रत्यक्ष निर्वाचित सांसद हुन् । आले एमाले विभाजित भएसँगै माधव पक्षतिर लागेका थिए ।