धनगढी पोष्ट शनिबार, १७ कार्तिक २०८१   November 2, 2024
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९

रेशम दम्पती नै संघीय उम्मेदवार

रेशम दम्पती नै संघीय उम्मेदवार

धनगढी । नागरिक उन्मुक्ति पार्टीबाट निवर्तमान संघीय साँसद रेशम चौधरीका श्रीमान श्रीमीत नै संघीय सांसदको उम्मेदवार बनेका छन् ।  रेशमले बर्दिया जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा र उनकी श्रीमती रञ्जना श्रेष्ठ  कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा संघीय सांसदको उम्मेदवारी दर्ता गराएका छन् ।  

रन्जनाले आफै निर्वाचन कार्यालय पगेर उम्मेदवारी दर्ता गराएकी हुन् । तर रेशमले  वारेशनामा मार्फत उम्मेदवारी दताए गराएका हुन् । उनले जग्गुप्रसाद चौधरी मार्फत उम्मेदवारी दर्ता गराएका हुन । 

२०७४ को निर्वाचनमा रेशम  कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट भारी मतले संघीय साँसदमा बिजयी बनेका थिए । त्यतिखेर पनि रेशमले वारेशनामा मार्फत नै उम्मेदवारी दताए गराएका हुन् ।

२०७२ को टीकापुर घटनामा संलग्न रहेका आरोपमा कैलाली जिल्ल अदालत र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि रेशम हाल डिल्लीबजार कारागारमा रहेका छन् । जिल्ला र उच्च अदालतको निर्णयका बिरुद्ध उनी सर्वोच्चमा गएपद्धिछ अहिले  सर्वोच्चमा मुद्धा बिचाराधीन छ ।