धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९

लक्ष्मणविरुद्ध उजुरी

लक्ष्मणविरुद्ध उजुरी

धनगढी । नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएका लक्ष्मण थारु विरुद्ध उजुरी दर्ता भएको छ ।

आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वारेसनामामार्फत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका लक्ष्मण विरुद्ध उजुरी दर्ता भएको हो ।

मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले टीकापुर घटनामा अभियूक्त ठहर भएका लक्ष्मणविरुद्ध उजुरी दर्ता भएको जानकारी दिए ।

उनीविरुद्ध कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ बस्ने रामबहादुर सिंहले उजुरी दर्ता गराएका हुन । उनीविरुद्ध परेको उजुरीबारे छानविन भईरहेको मुख्य निर्वाचन अधिकृत अर्यालले जानकारी दिए ।

पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा अन्य उम्मेदवार विरुद्ध कुनै उजुरी नपरेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

कैलालीमा आईतबार प्रतिनिधि तथा प्रदेश सभामा एक सय ४४ जनाको उम्मेदवारी परेको छ ।