धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९

म पर्यटक होईनः देउवा

म पर्यटक होईनः देउवा

धनगढी । नेपाली काँग्रेसका प्रदेश सभा सदस्य उम्मेदवार प्रकाश देउवाले आफु धनगढीकै बासिन्दा भएको बताएका छन् । 

‘म यहिको मान्छे हुँ । केही मानिसले मलाई पर्यटक भनेर अफवाह फैलाईरहेका छन’ बुधबार धनगढीमा गठबन्धन दलको सचिवालय समुदघाटन गर्दै उनले भने –‘यस्ता भ्रमहरुलाई चिर्न आवश्यक रहेको छ ।’ 

उनले आफु जनप्रतिनिधि भएर काम गर्न सकु भनेर निर्वाचनमा भाग लिएको बताए । उनले भने, ‘म केही कमाउन भनेर राजनितिमा होमिएको होइनँ, समाजमा केही परिवर्तन आवश्यक छ, त्यसका लागि जनप्रतिनिधि भएर काम गर्न सकुँ भनेर निर्वाचन लड्दैछु ।’ 

देउवाले कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा २ बाट उम्मेदवार भएर चुनावी मैदानमा रहेका छन् । छिमेकी जिल्ला कञ्चनपुरको गुलरियामा जन्मे हुर्केका देउवाले उच्च शिक्षा अध्ययनका क्रममा कैलालीको धनगढीमा पनि लामो समयदेखि परिचित नै हुन् ।

सोही अवसरमा प्रदेश सभा १ का उम्मेदवार रमेश धामीले गठबन्धन दलका पक्षमा इमान्दारिपूर्वक लाग्न सबैमा आग्रह गरे । 

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश सभा २ बाट प्रतिनिधि सभामा उम्मेदवार रहेका डिल्लीराज पन्तले गठबन्धन दलको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा आएको बताए ।

‘मैले पाँच दलिय गठबन्धनको प्रतिनिधित्व मात्र गरेको हु । उम्मेदवार तपाई सबैनै हो’ उनले भने –‘आफुलाई उम्मेदवार सोचेर जनतामाझ मत माग्नुहोस । पार्टीको हितका लागि सबै लाग्नुहोस ।’