धनगढी पोष्ट
सोमबार, २२ असार २०७७ मा प्रकाशित
धनगढी
धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या ८५ पुगेको छ ।सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा सोमबार सात जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
धनगढी उपमहागरपालिकाले परिक्षणका लागि आइतबार सेती प्रादेशिक अस्पतालमा पठाएका स्वाब मध्यकै सात जनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा वडा नम्बर २ का १ जना, वडा नम्बर ३ का १ जना, वडा नम्बर ७ का १ जना, वडा नम्बर १२ का २ जना र वडा नम्बर १४ का २ जना रहेका छन् ।
धनगढी उपमहानगरपालिका स्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक लक्ष्मी राज उपाध्यायले सेती प्रादेशिक अस्पतालमा पठाएका स्वाम मध्य ७ जनामा नयाँ संक्रमण देखिएको र १४ जनामा संक्रमण दोहोरिएको बताए ।
संक्रमण दोहोरिनेहरु होम आइसोलेसन र नगरपालिकाको आइसोलेसनमा बसिरहेकाहरु रहेका छन् ।