पार्टी एकताका पक्षमा नेकपाको प्रदेश कार्यालयमा धर्ना

पार्टी एकताका पक्षमा नेकपाको प्रदेश कार्यालयमा धर्ना

  नेकपामा चरम विवाद रहेका वेला धनगढी स्थित नेकपा प्रदेश कार्यालयमा पार्टी एकताको पक्षमा भन्दै नेकपा कैलालीका पार्टी नेता, युवा, बिद्यार्थी लगायतले धर्ना शुरु गरेका छन् । उनीहरुले दिउसो ३ बजेदेखि व्यक्तिले नभई नीति र पद्धतिले पार्टी चल्नु पर्ने माग राख्दै २ घण्टासम्म धर्ना शुरु गरेका छन् ।

  पार्टी एकतालाई मजबुत पार्न र ब्यक्तिले नभई नीति र पद्धतिले पार्टी चल्नु पर्छ भन्ने भावनाका साथ स्वतस्र्फुत रुपमा धर्ना शुरु गरिएको सो पार्टीका कैलाली जिल्ला कमिटी सदस्य विमल कुमार जोशीले बताए ।

 धर्नामा सो पार्टीमा क्रियाशिल विभिन्न कमिटीमा रहेका युवा, विद्यार्थीहरुको सहभागिता छ । केन्द्रमा चलेको विवादको अन्त्य गरि पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन यो कार्यक्रमले खवरदारी हुने धर्नामा सहभागीहरुको भनाई छ ।