धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

गठबन्धनकै प्रतिनिधिबाट धनगढी समृद्ध बन्छ :  रमेश धामी

गठबन्धनकै प्रतिनिधिबाट धनगढी समृद्ध बन्छ :  रमेश धामी

धनगढी कैलाली क्षेत्र नम्बर मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका रमेश धामीले गठबन्धन दलका प्रतिनिधिबाटै धनगढीको समृद्धि हुने बताएका छन्

धनगढी उपमहानगरपालिका वडा नम्बर १७ धुर्जन्नामा आयोजित चुनावी सभामा धामीले गठबन्धनका प्रतिनिधि निर्वाचित भए धनगढी समृछिको बाटोमा अघि बढ्ने बताएका हुन्

उनले प्रदेशमा आफु निर्वाचित भएमा कुनै पनि दलको प्रतिनिधि नहुने बताए उनले भने – ‘ निर्वाचित भएपछि पाँच वर्ष जनताको प्रतिनिधि हुँ सबै पार्टीहरुको साझा व्यक्ति बनेर काम गर्छु

उनले गठबन्धन दलभित्र रहेका सबै दलका नेता, कार्यकताहरु एक ठाउँमा उभिएर निर्वाचनमा होमिनु पर्ने बताए आज कसैले पनि माओवादी, काँग्रेस, समाजवादी पार्टीको नभन्नुहोस यो राष्ट्रिय आवश्यकताका आधारमा सबै पार्टी मिलेर बनेको गठबन्धन दल हो उनले भने –‘२०३६ २००७ सालतिर देशलाई जान नदिन सबै गम्भिर भएर छलफल गर्नु पर्ने