धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

चुनावी खर्च गर्न बैंक खाता खोल्दै उम्मेदवारहरु

चुनावी खर्च गर्न बैंक खाता खोल्दै उम्मेदवारहरु

डडेल्धुरा  डडेल्धुरा जिल्लाबाट प्रतिनिधी सभा सदस्य पदका लागि नेपाली काँग्रेस (विपी) का उम्मेदवार कर्ण बहादुर मल्लले चुनावी खर्च प्रयोजनका लागि छुट्टै बैंक खाता खोलेका छन्

नेपाल एसबीआई बैंक लिमिटेड डडेल्धुरा शाखामा पुगेर बुधबार मल्लसँगै नेपाली काँग्रेस. ( विपीं ) सँग चुनावी तालमेल गरेका नेकपा ( एकीकृत समाजवादी ) का नेता डा. तारा जोशीले पनि बैंक खाता सञ्चालनमा ल्याएका छन् बैंक खाता खोलेसँगै साथीहरुबाट पहिलो दिन ७५ हजार रुपैयाँ सहयोग प्राप्त गरेको मल्लले बताए

प्रतिनिधी सभा सदस्य पदका लागि नेपाली काँग्रेस ( विपी ) का उम्मेदवार मल्लले बैक खाताबाटै चुनावी खर्चको कारोबार गरेर अन्तिममा बैंक स्टेटमेन्ट सहित चुनावी खर्चको विवरण सार्वजनिक गर्ने प्रतिवद्धता जनाए निर्वाचन अयोगले जारी गरेको आचारसंहिताको दफा १६ उपदफा मा उम्मेदवारले निर्वाचन सम्बन्धि खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता सोही खाताबाट गर्नुपर्ने प्रावधान

नेकपा (एमाले ) बाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका बिक्रम बहादुर शाहीले समेत बैंकमा छुट्टै खाता खोलेको बताएका छन् उम्मेदवारहरुले बैंक खाता सञ्चालन गरेर सोही खाता मार्फत निर्वाचन खर्च गर्नुपर्ने प्रावधान अनुसार सबै उम्मेदवारहरुले अनिवार्य रुपमा छुट्टै बैंक खाता सञ्चालनमा ल्याउनु पर्ने जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको